back
CTIZAN AD

लगानी सम्मेलनकै दिन विप्लवद्धारा बन्दको आव्हान !

वि.सं.२०७५ चैत १२ मंगलवार

672 

shares

१२ चैत, काठमाडौं । सरकारको आयोजनामा चैत १५ र १६ गते  हुन लागेको लगानी सम्मेलनका दिन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले नेपाल बन्द गर्ने भएको छ ।

लगानी सम्मेलनका लागि विप्लव समूह बाधक भएको भन्दै सरकारले देशभरीबाट विप्लवका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिरहेका बेला विप्लव समूहले १५ गते बेलुका मशाल जुलुस र १६ गते शनिबारको दिन देशभरी आम हड्ताल सहित नेपाल बन्दको कार्यक्रम राखेको सोमबार जारी विज्ञप्तिमार्फत् जनाएको छ ।

हालै पक्राउ परेका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीलगायतका नेताहरुको रिहाइको माग गर्दै स्थायी समितिको निर्णय अनुसार १६ गते देशव्यापी बन्दको आव्हान गरेको उक्त समूहले बताएको छ ।

उक्त समूहले १३ गते देशभर चोक जुलुस, १४ गते देशभर कोणसभा, १५ गते मशाल जुलुस, १६ गते नेपाल बन्द चैत १९ गते देशभर अन्तरक्रिया, चैत २१ गते जनवर्गिय संगठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झण्डा प्रदर्शन, चैत २४ गते देश व्यापी जनप्रदर्शन र जनशभा गर्ने जनाएको छ ।

उक्त समूहले एसइइ परीक्षा दिइरहेका विद्यार्थीलाई असहज नहोस् भनेर चैत १६ गते शनिबार देशव्यापी बन्दको आव्हान गरेको जनाएको छ ।

त्यसैगरी चैतभरीमा आफ्नो समूहमाथिको प्रतिबन्ध नहटाएमा केपी ओली सरकारका कार्यक्रम विरुद्ध प्रतिबन्ध र आम हड्तालको तयारी गरिने पनि सो विज्ञप्तिमा बताइएको छ ।

वि.सं.२०७५ चैत १२ मंगलवार १६:१० मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...