back
CTIZAN AD

महासचिव कन्द्ङवा : नेपालको हालको संघीयता नक्कली संघीयता

वि.सं.२०७५ चैत १४ बिहीवार

738 

shares

१४ चैत, झापा । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय महासचिव रणधोज कन्दङ्वाले ७ प्रदेश सहितको संघीयता नक्कली संघीयता भएको दावी गरेका छन् । उनले सक्कली संघीयता लागू गराउन संघीय समाजवादी फोरम संवैधानिक बाटोबाट लागि परिरहेको जिकिर गरेका छन् ।

झापाको बुधबारेमा बुुधबार संघीय समाजवादी फोरम नेपालको एकता पछिको प्रथम गाउँ अधिवेशनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै कन्दङ्वाले संवैधानिक बाटोबाट पहिचान र अधिकार सहितको १०ं१ राज्य स्थापनाका लागि पार्टी लागिपरेको बताए । सक्कली संघीयताका लागि मात्र होइन पार्टीले स्वायत्त र संरक्षित क्षेत्रको ग्यारेन्टीका निम्ति पनि लडिरहेको बताउने कन्दङ्वाले पार्टी, महाधिवेशनको तयारीमा जुटेको जानकारी दिए ।

उनले आगामी महाधिवेशनमा पार्टी भित्र सबै विषयमा बहस भएपनि अन्र्तराष्ट्रिय मान्यताको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, जनसंख्याको आधारमा समावेशीता, पूर्ण समानुपातिक निर्वाचनको विषय पार्टीको अपरिवर्तनिय विषय भएको स्पष्ट पारे । उनले संविधान संशोधन गर्नका लागि वर्तमान सरकारलाई दुईतिहाइ पु¥याउन सरकारमा सहभागी भएपनि नेकपा संविधान संशोधनको विषयमा जिम्मेवार ढंगले प्रस्तुत नभईरहेको बताए ।

सोहि कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सांसद आरसी तुङ्वाले संगठन विस्तारमा लाग्न सबै नेता कार्यकर्तालाई निर्देशन दिए । उनले भने ‘संगठन विस्तारमा लाग्नुस्, आन्दोलन घोषणा हुँदा घरलौरी उठौं ।’ सोहि कार्यक्रममा पोलिव्युरो सदस्य प्रविण चाम्लिङ, झापा इन्चार्ज धनबहादुर गुरुङ, युवा नेता खगेन्द्र माखिम लगायतले मन्तव्य राखेका थिए भने महिला नेतृ सशी लिङदेन, अग्नीमाया मेचे लगायतको आतिथ्यता रहेको थियो । चेतन आचार्यको सभापतित्वमा भएको कार्यक्रम मेचीनगर अध्यक्ष ओमप्रकास खापुङले सञ्चालन गरेका थिए ।

कार्यक्रममा बुद्धशान्ति गाउँ समिति गठन भएको छ । नव गठित समितिको अध्यक्षमा दुर्गा नेम्बाङ, उपाध्यक्ष चेतन आचार्य, सचिव लक्ष्मी चौधरी, सहसचिव ममता चौधरी र कोषाध्यक्षमा निर्मला लिम्बु चयन भएका छन् । त्यस्तै सदस्यमा दिवाकर चौधरी, प्रभु नारायण चौधरी, डिल्लीराम विक, डिल्लीमाया लिङदेन, अनिता चौधरी, गोपाल पङ्धाक, नेस चौधरी, पुनम चौधरी र पदम विष्ट रहेका छन् ।

वि.सं.२०७५ चैत १४ बिहीवार ११:४० मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...