back
CTIZAN AD

विप्लवका लागि वार्ताको ढोका खुला छ : नेता भट्टराई

वि.सं.२०७५ चैत १५ शुक्रवार

750 

shares

१५ चैत, तालेजुङ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले नेत्रविक्रम चन्द‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयपछि पनि समस्या समाधानका लागि सो पार्टीसँग छलफल र सम्वाद भइरहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिहीबार आयोजित सर्वपक्षिय बैठकमा उनले विभिन्न सुत्रका माध्यमबाट सो पार्टीसँग समस्या समाधानका विषयमा छलफल र सम्वाद भइरहेको बताए । सरकारले वार्ता, सम्वाद र छलफलका लागि ढोका खुला राखेकाले उनले राजनीतिक तबरबाटै समस्या समाधानका लागि सरकार प्रयासरत रहेको स्पष्ट पारे । संविधानको दायराभित्र रहेर खुलेका कुनै पार्टी वा समूहलाई निगरानी गर्नुपर्ने कारण नरहेकाले उनले विप्लव नेतृत्वको पार्टीलाई नभई उसले गरेका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारेका थिए ।

प्रतिबन्ध लगाउनुअघि पनि विप्लव समूहसँग पटकपटक वार्ता र छलफल भएको तर सहमति नभएपछि सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उसका गतिविधिलाई प्रतिबन्ध लगाउनु परेको नेता भट्टराईले बताए । छलफलमा जनप्रतिनिधिले प्रतिबन्धपछि स्थानीय तहमा विभिन्न चुनौती थपिएकाले चाँडै राजनीतिक तवरले समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ०८:३० मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...