
१५ चैत, काठमाडौ । कृषिप्रधान मुलुक नेपालले पछिल्लो सात महिनामा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गरेको छ । कृषि क्षेत्रको विकासका लागि सरकारले बेर्सेनी बजेट बढाउदै लगे पनि मागअनुसार स्थानीय उत्पादन नहुँदा बर्सेनी डेढ खर्ब भन्दा बढकिो कृषिजन्य वस्तु आयात भएको हो । छिमेकी मुलुक भारतबाट अधिकांश कृषिजन्य वस्तुको आयात हुने गर्छ । स्वदेशी वस्तुको निर्यात समेत भारतमै धेरै हुने गर्छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सात महिनामा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तुको आयात भएको छ । कृषिजन्य वस्तुको आयात बढ्दै गए पनि निर्यात भने न्युन रहेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठूलोमात्रामा कृषिजन्य वस्तु आयात हुने गर्छ । शुक्रबारको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् ।
वि.सं.२०७५ चैत १५ शुक्रवार ०८:१३ मा प्रकाशित