back
CTIZAN AD

मन्त्रीले नै उद्घाटन गरेको महायज्ञमा दलितलाई लखेटियो !

वि.सं.२०७५ चैत १५ शुक्रवार

639 

shares

१५ चैत, वीरगन्ज । बारामा मन्त्रीले उद्घाटन गरेको महायज्ञमा दलित समुदायलाई पूजामा रोक लगाइएको छ । बाराको परवानीपुर गाउँपालिका १ बनियादमा बुधबार सुरु भएको विष्णु महायज्ञको उद्घाटन प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गरेका थिए ।
महायज्ञको तयारीको काममा भने दलित खटेका थिए । मण्डप बनाउने, सफाइ गर्ने काम दलितले नै गरेका थिए । उनीहरुले प्रतिघर एक हजार चन्दा पनि दिएका थिए । तर, उद्घाटन पूजामा आफूहरुलाई बस्न नसदिएको स्थानीय राजेश चमारले बताए । महायज्ञ आयोजक समितिका अध्यक्ष वडा अध्यक्ष मिश्री महतोसहितका पदाधिकारीले उद्घाटनका दिन आफूहरुलाई पूजामा बस्न नदिएको चमारले बताए ।

‘महायज्ञको कलश यात्रामा हामी पनि सहभागी भएका थियौं मण्डप सम्म आएर टीका लगाउने बेला पूजामा बसेकाले रोक लगाए ।’ उनले भने ।

दलितलाई महायज्ञमा सहभागी नगराउनु दुःखद भएको गाउँका दलितहरुले बताएका छन् ।

‘हवन गर्न इँटा बोक्यौँ । फूल किन्न पैसा दियौं । तर, पूजा गर्नेबेला केटाकेटीसहित हामीलाई लखेटियो ।’ स्थानीय राजेश चमारले भने ।

शुक्रबारको नयाँपत्रिका दैनिकमा वीरगन्जबाट तिवारी यादवले लेखेका छन् ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ०८:०७ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...