back

मन्त्रीले नै उद्घाटन गरेको महायज्ञमा दलितलाई लखेटियो !

वि.सं.२०७५ चैत १५ शुक्रवार

42 

shares

१५ चैत, वीरगन्ज । बारामा मन्त्रीले उद्घाटन गरेको महायज्ञमा दलित समुदायलाई पूजामा रोक लगाइएको छ । बाराको परवानीपुर गाउँपालिका १ बनियादमा बुधबार सुरु भएको विष्णु महायज्ञको उद्घाटन प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गरेका थिए ।
महायज्ञको तयारीको काममा भने दलित खटेका थिए । मण्डप बनाउने, सफाइ गर्ने काम दलितले नै गरेका थिए । उनीहरुले प्रतिघर एक हजार चन्दा पनि दिएका थिए । तर, उद्घाटन पूजामा आफूहरुलाई बस्न नसदिएको स्थानीय राजेश चमारले बताए । महायज्ञ आयोजक समितिका अध्यक्ष वडा अध्यक्ष मिश्री महतोसहितका पदाधिकारीले उद्घाटनका दिन आफूहरुलाई पूजामा बस्न नदिएको चमारले बताए ।

‘महायज्ञको कलश यात्रामा हामी पनि सहभागी भएका थियौं मण्डप सम्म आएर टीका लगाउने बेला पूजामा बसेकाले रोक लगाए ।’ उनले भने ।

दलितलाई महायज्ञमा सहभागी नगराउनु दुःखद भएको गाउँका दलितहरुले बताएका छन् ।

‘हवन गर्न इँटा बोक्यौँ । फूल किन्न पैसा दियौं । तर, पूजा गर्नेबेला केटाकेटीसहित हामीलाई लखेटियो ।’ स्थानीय राजेश चमारले भने ।

शुक्रबारको नयाँपत्रिका दैनिकमा वीरगन्जबाट तिवारी यादवले लेखेका छन् ।

वि.सं.२०७५ चैत १५ शुक्रवार ०८:०७ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...