back

‘आँखा’

वि.सं.२०७५ चैत १६ शनिवार

30 

shares

सिङ्गो संसार हेर्न लाई त आँखाले ठूलो भूमिका खेल्छ । आँखा बिनाको जीवन पनि के जीवन फेरी जो अन्धो छन उनीहरुको जीवन नै होईन भनेर भन्न खोज्या होईन । जब आँखाले कुनै दृश्य देख्छन जब आँखाले कुनै चिजमा नजर पार्छन तब सपनामा पनि उही चिजबिच देख्न थालिन्छ । मलाई यही प्रश्नले जहिले मुटुमा ढक ढक हान्छ की जसले जन्म लिएबाट नै आँखा देख्दैनन् उनीहरुले सपना देख्छन होला की नाई !

एक पटक कल्पना गर्नु त सिङ्गो संसारदेखि रहेको बेला तपाईको आँखाले एकछिन केहि देखेन भने कस्तो महसूस हुन्छ होला ? आँखा बिनाको जीवन त केवल ढुङ्गा जस्तै नै हो फरक केवल मान्छे बोल्छ ढुङ्गा बोल्दैन । कहिले काहि म सोच्छु, संसारमा कसैले पनि आँखा नै नदेख्ने भए कति ठिक हुने थियो होला ’ नाङ्गै हिडेपनि कसैले देख्ने थिएन, धनी रहेछ यो भनेर कसैले आफूलाई गरिब भएकोमा पछुतो मान्नु पर्ने थिएन । आँखाको कारण नै त हो कतिले अरूको हेरेर आफूलाई तल्लो स्तरमा झार्ने ।

एकपटक आफ्नो गाउँको चोकमा गएर बस्नु त अनि जब केटीहरूका लस्कर जान्छन तब तपाईले वाह यो क्या दामि वाह त्यो झन दामि भन्दै हरेक केटीहरूलाई हेर्दै मन भित्र लड्डु फुटाउन थाल्नु हुन्छ उक्त केटीहरू पनि दामि भएर हिडेका तपाईहरूले देख्नु हुनेछ भनेर नै हो यदि आँखा नभएको भए न उनीहरू दामी भएर हिड्ने थिए, न तपाईको मन भित्र लड्डु फुट्ने थियो । कुनै नारी अथवा कुनै पुरूष विवाह पश्चात जोडि बनेर यसो घुम्न निस्कियो भने तब बुढाले आफ्नो बुढी भन्दा राम्रि अनि बुढीले आफ्नो पति भन्दा राम्रो आँखाले देख्न थालेपछि थुईक्क मेरो बुढो त थुईक्क मेरो बुढी त भन्ने सोचहरू मन भित्र पैदा गराई दिई हाल्छ । एक पटक हरि (मेरो गाउँ माथि तिरको) विवाह गरेर श्रीमती घरमा भित्र्याएको थियो । केटी हेर्न जादा उसलाई सुन्दर लागेकी केटी विवाह गरेर घरमा ल्याएपछी सँगसँगै हिड्दा उँ भन्दा अरू केटी झन राम्रि लाग्न थालेछ विस्तारै विस्तारै बुढाबुढीको सम्बंधमा नै ठूलो पर्दा खसाई दियो त्यो पनि आँखाको दोष न हो ।

कसैको विवाह, पाटी, भोज भतेर, पुजाआजा ईत्यादिमा महिला मित्रहरू जाँदा पूरै गरगहनाले भरिएर जान्छन उनीहरूको सोँच नै यहि हुन्छ कि, त्यहाँ आउने मान्छेहरूको आँखा हामि माथि पर्छ । कयौ जो गरिब छन ति त त्यस्ता सम्मेलनमा नै जादैनन् कारण सबैका आँखा आफूतिर पर्छ अनि कस्तो गतिलो पनि नबनेर आइकी छि भन्छन् भन्ने भ्रम उनिहरू भित्र हुन्छ ।

आँखाको कारण मान्छे, मान्छे बिच सानो ठूलो भन्ने भ्रमहरू पैदा गरि दिन्छ । उसले त कति ठूलो घर बनाएछ उसले त कति धेरै खेत किनेछ उसले त ओ हो कति धेरै पैसा कमाएछ भन्ने सोच पनि यहि आँखाको कारणले नै ल्याई दिएको हो । म सँगसँगै पढेको साथीले लाखौ कमाएको जब आफ्नो आँखाले देख्न थाल्छ तब आफैले आफैलाई थुक्क म भन्न थालि हालिन्छ ।

श्रीमान भएर बस्न पनि गाह्रो छ श्रीमतीले अरूको लगाई खुवाई रहन सहन सम्पत्ति थुपारेको आँखाले देख्न थालेपछि घरमा श्रीमानलाई बसि खान दिदैनन् । मेरो बुढो त केहि नगर्ने हुतिहारा फलनाले यति कमायो उति कमायो ओ हो त्यो पल्ला घरकी फल्नी दिदि त पूरै हिरोइन भएर हिड्छिन । गहना पनि कति धेरै किनिदिएको उसको श्रीमानले, आफ्नो भने भाग्य नै खोटो भनेर आँखाको कारण नै सयौँ श्रीमानले श्रीमतीको गाली सहनु पर्छ ।

आँखाले हेरि दिन्छ अनि सिङ्गो शरिरले दुःख पाउछ । कसैले पनि आँखा नै नदेखे सबै सम्मान त हुने थिए । कसले कसैको प्रगति देखेर डाहाँ गर्ने पनि थिएनन् । कसैको सुन्दरताको महत्व पनि हुने थिएन । सबैको लागि सबै उत्तिकै सम्मान हुने थिए । श्रीमती,प्रमिका जहिले अरूका राम्रा देखिन्छन रे त्यो पनि सबै आँखाको दोष त हो । राम्री केटी वा राम्रो केटासँग केटा केटीले विवाह गरे भने एउटै डर हुन्छ कतै मेरो श्रीमतीलाई मेरो श्रीमानलाई अरूले आँखा त लगाएका छैनन् । अस्ती एउटा साथिको घरमा गएको थिए । ठूलो तिन तलाको घर बनाएको रहेछ । कोठा पनि ठूला ठूला साँच्चै स्वर्गको आवास् दिलाउने घर आँखाले देख्यो । केहि छिनको बसाई पछि म आफ्नो घर आए । झुपडि घर भित्र पसेपछी मन भित्र अनेकौ प्रश्नले छातिलाई भ्वाक्क हान्न थाले उसले त्यति धेरै प्रगति गरि सकेछ आफू भने झुपडि घरमा नै बसि रहेको छु भन्ने दुःखले छटपट छटपट मात्र गराई रह्यो । आँखाले उसको घर नदेखे सम्म आफ्नो घर दरवार लागेको मलाई जब आँखाले उसको घर देखे तब मेरो घर झुपडि लाग्न थाल्यो यो पनि सब गराएको यहि आँखाको कारण त हो नि ।

कसैले पनि आँखा नै नदेख्ने भए कोहिले पनि आफ्नो धन दौलतको घमंड नै गर्ने थिएनन् । कार, मोटरसाईकल, गरगहँना ईत्यादिको चाह पनि गर्ने थिएनन् होला । पुजा, पार्टी, विवाह जस्ता कार्यमा जादा सामान्य भएर जाने थिए होलान् । सबैको मनभित्र यहि हुने थियो होला कसैले देख्दैनन् जे लगाएर गएपनि हुन्छ । न कसैलाई सुन्दरताको घमंड हुने थियो न कसैलाई असुन्दर भएर आत्मग्लानि नै हुने थियो । आफ्नो श्रीमान र श्रीमतीलाई कसैले आँखा लगायो कि भन्ने डर पनि कसैलाई पैदा नै हुने थिएन । केटीहरूले केटाहरूलाई मोहित पार्न छोटा छोटा लुगा लगाएर पनि हिड्ने थिएनन् होला । मान्छेहरूको मन विगार्न आँखाले ठूलो भुमिका खेल्छ । मेरो पत्नी त कस्ती कालि मेरो पति त कस्तो कालो भनेर कुनै पुरूष वा महिलाले मन दुखाई रहनु नै पर्ने थिएन । मान्छे भित्र रिष पैदा गर्ने पनि आँखाको कारण न हो । जब आँखाले देख्दैन थियो भने कसैको दुख पनि देख्नु पर्ने थिएन कसैको खुसी पनि देख्नु नै पर्ने थिएन ।

घरमा बसेर पत्रिका पढि रहेको थिए । बाटोमा (घर माथिकी) मुखियाकी छोरी कपाल चाउचाउ जस्तै बनाएर अनुहारमा पाउडर घसेर मेरो बाटो हिड्दै थिईन् । एक्कासी मेरा आँखा उनी माथि पर्यो । हैन, बहिनी किन यति धेरै हिरोइन भएर हिड्या भनेर के सोधेको थिए, ‘सबै केटाका आँखाले मैलाई हेरून भनेर हो’ भन्दै बाटो तताईन् । मेरो मनले झ्यापै यहि सोच्यो आँखाको लागि नै सुन्दर भएर हिड्ने रैछन नि ।

तपाई कुनै गरगहनाले सजिएकी महिलालाई गएर सोध्नुस्, तपाईले यति धेरै गहनाले सजिएर किन आउनु भा उनले तुरून्त जवाफ दिने छिन सबैलाई देखाउन अर्थात् अरूका आँखाले उनलाई हेरून भनेर ।

आँखाले संसार देखेको छु भनेर मख्ख पर्नु हुन्छ होला तर यही आँखाले तपाईलाई लोभ तिर रिस तिर, घंमडीपन तिर, आरिष तिर, झै झगडा तिर, खुब धेरै धकेल्न महत्वपूर्ण भूमिका खेलि रहेको हुन्छ । हिजो आज धेरै प्रेमहरू यही आँखाको आकर्षणको कारणले गर्दा भईदिन्छ र केहि समयपछी नै सम्बन्ध धरापमा पर्छ । तपाई सुन्दर भएर हिड्न थाल्नु भएको छ भने सम्झिनु अरूको आँखाले तपाईलाई हेर्ने छ त्यसको लागि तपाई सुन्दर भएर हिड्दै हुनुहुन्छ । दाजुभाइ, आमाबा, दिदिबहिनी, छर छिमेकी सबै तिर झगडा गराउने काम पनि आँखाले नै त गर्छ । दाईले यति मेरो खायो भाईले उति मेरो खायो भनेर जब आँखाले देख्छ तब झगडा सुरू हुन थाल्छ ।

आँखाले जतिसुकै पीडा र दुःख दिलाएपनि सिङ्गो संसार हेर्न चाहि अन्तमा दुई आँखा नै चाहिन्छ.. ।

 

वि.सं.२०७५ चैत १६ शनिवार ०९:२० मा प्रकाशित

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

काठमाडौैँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...