back
CTIZAN AD

‘समृद्ध मेरो देश’

वि.सं.२०७५ चैत १६ शनिवार

894 

shares

हावामा बेलुन फुकेर
कल्पनाको एक ढिक्कामै
शक्तिशाली हवाइजहाज
उडाउँछ मेरो देश
पुर्न नसकेर सडकका
अनगिन्ति खाल्डाखुल्डीहरू
असार, साउन, भदौ
छ्याप्छ्याप्ती दुईखुट्टे रेल
गुडाउँछ मेरो देश ।।

कोशी, कर्णाली वॉध भत्काएर
सर्वत्र जलमग्न, थलमग्न
बर्षादमा आहाल बनेर चुर्लुम्म
डुबाउँछ मेरो देश
पानी लुटीरहन्छ छिमेकी चोर
कालो चश्मा लगाएर
हेरीरहन्छ सर्कार
हिउँदमा सँधै काकाकुल भएर
तिर्खाउँछ मेरो देश

कोही सुरक्षित छैनन् काहीं
बालक, युवा र बृद्ध
घर आँगनमै त्राही, त्राहीमामको
घण्टी बजाउँछ मेरो देश
हत्या हिंसा, लुट्पाट र चित्कार
अपहरण र बलत्कार
तैपनि चौबीसै घण्टा सुरक्षा
सँयन्त्रको बाजा बजाइ
रहन्छ मेरो देश ।

एक दर्जन अखवारभरी भरी
ताली ठोकेर नेताको भाषण
लेखाउँछ मेरो देश
एक हुल अनलाइन भरी भरी
मेकअप गराइ गराइ
प्रत्येक शासकको मुख चम्किलो
देखाउँछ मेरो देश ।

लखेटेर युवा शक्ति अरव
पठाउँछ मेरो देश
भित्र्याएर लाखौं रेमीट्यान्स
शासकलाई सँधै सँधै धनाढ्य
देखाउँछ मेरो देश
कसैले तँपाई भनोस् नभनोस्
आफै एक मुड्की बजारेर
आजकाल प्रत्येक क्षण
आफैलाई समृद्ध भनाउँछ
यो मेरो देश ।

‘समाप्त’

वि.सं.२०७५ चैत १६ शनिवार ०९:१४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...