back
CTIZAN AD

‘समृद्ध मेरो देश’

वि.सं.२०७५ चैत १६ शनिवार

840 

shares

हावामा बेलुन फुकेर
कल्पनाको एक ढिक्कामै
शक्तिशाली हवाइजहाज
उडाउँछ मेरो देश
पुर्न नसकेर सडकका
अनगिन्ति खाल्डाखुल्डीहरू
असार, साउन, भदौ
छ्याप्छ्याप्ती दुईखुट्टे रेल
गुडाउँछ मेरो देश ।।

कोशी, कर्णाली वॉध भत्काएर
सर्वत्र जलमग्न, थलमग्न
बर्षादमा आहाल बनेर चुर्लुम्म
डुबाउँछ मेरो देश
पानी लुटीरहन्छ छिमेकी चोर
कालो चश्मा लगाएर
हेरीरहन्छ सर्कार
हिउँदमा सँधै काकाकुल भएर
तिर्खाउँछ मेरो देश

कोही सुरक्षित छैनन् काहीं
बालक, युवा र बृद्ध
घर आँगनमै त्राही, त्राहीमामको
घण्टी बजाउँछ मेरो देश
हत्या हिंसा, लुट्पाट र चित्कार
अपहरण र बलत्कार
तैपनि चौबीसै घण्टा सुरक्षा
सँयन्त्रको बाजा बजाइ
रहन्छ मेरो देश ।

एक दर्जन अखवारभरी भरी
ताली ठोकेर नेताको भाषण
लेखाउँछ मेरो देश
एक हुल अनलाइन भरी भरी
मेकअप गराइ गराइ
प्रत्येक शासकको मुख चम्किलो
देखाउँछ मेरो देश ।

लखेटेर युवा शक्ति अरव
पठाउँछ मेरो देश
भित्र्याएर लाखौं रेमीट्यान्स
शासकलाई सँधै सँधै धनाढ्य
देखाउँछ मेरो देश
कसैले तँपाई भनोस् नभनोस्
आफै एक मुड्की बजारेर
आजकाल प्रत्येक क्षण
आफैलाई समृद्ध भनाउँछ
यो मेरो देश ।

‘समाप्त’

वि.सं.२०७५ चैत १६ शनिवार ०९:१४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

कविता : हिंसा

कविता : हिंसा

कविराज घिमिरे ,भक्तपुर ती वक्ष द्योतक बने खुला छँदा आधा...

कविता : आमा

कविता : आमा

विदुर अधिकारी, रामपुर,चितवन . बनेर आमा सुरम्य माथा,चुमी बढायौ यहीँ...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले...

कविता : यो बाटो कसरी काटे होला ?

कविता : यो बाटो कसरी काटे होला ?

छविलाल कोपिला मजगाउँ, देउखुरी दाङ एक युग, एक समय यो...

कविता : भोलि उस्तै यिनै हुन्छन्

कविता : भोलि उस्तै यिनै हुन्छन्

 कलानिधि दाहाल रातोपुल , काठमाडौँ म लेखूँ जिन्दगानी यो नदेख्ने...