back
CTIZAN AD

 प्रत्येक सय जनामा ९६ नेपालीले दाँत माझ्न जान्दैनन् !

वि.सं.२०७५ चैत १६ शनिवार

681 

shares

१६ चैत, काठमाडौं । प्रत्येक सय नेपालीमा ९६ जनाले राम्रोसँग दाँत माझ्न जान्दैनन् । यो तीतो सत्यले देशका नागरिकको ‘मुख स्वास्थ्य’ को वास्तविक तथा विकराल अवस्था प्रष्ट्याउँछ ।

एक अनुसन्धानका अनुसार मुख स्वास्थ्यमा हुने समस्याले मुटु, फोक्सो तथा पेट सम्बन्धी रोग, डिमेन्सिया, स्ट्रोक, गर्भावस्था सम्बन्धी जटिलता, बाँझोपना, इरेक्टाइल, डिस्फग्सन, क्यान्सर, मिर्गौला रोग, अर्थराइटिस, प्रोस्टेट, लगायतका ४० भन्दा बढी रोग लाग्ने सम्भावना छ । हाम्रो मुखमा ६ सय प्रकारका बेक्टेरिया हुन्छन् ।

कसरी गर्ने त ब्रस ?
ब्रसमा पेस्ट लगाएर दाँत, गिजा, एवं दाँतको मिलन स्थल इनामेलमा राखेर ब्रसलाई तीन–तीन दाँतमा विस्तारै तलमाथि हरेक दाँतमा अगाडि, पछाडि, दाया–बायाँ ४५ डिग्रीमा घुमाउनु पर्छ । दाँत सफा गर्दा ब्रसलाई तलमाथि बाट, तल्लो बंगरामा र माथिबाट तल माथिल्लो बंगारामा चलाउनु पर्छ । यस्तै प्रक्रियाले भित्रि दाँतमा तलमाथि गरेर घोट्ने जस्तो गरी ब्रस गर्नु हुँदैन । यहि प्रक्रिया सबै दाँतका लागि अपनाउनुस् ।

कस्तो ब्रस प्रयोग गर्ने ?
बजारमा कडा, मध्यम कडा, नरम धेरै नरम, लगायतका ब्रस पाइए पनि नरम टुथब्रस प्रयोग गर्न चिकित्सकहरु बताउँछन् ।

ब्रस गर्दा जिब्रो पनि सफा गर्नुहोस्
जिब्रोमा विभिन्न जिवाणुको संक्रमण रोक्न नियमित सफा राख्नुपर्छ । जिब्रो जम्ने सेतो फोहर दिनहुँ सफा गर्नुपर्ने डा. प्रकाश बुढाथोकी बताउँछन् । उनका अनुसार जिब्रो दिनहुँ सफा नगर्नाले खानाको स्वाद लिन समस्या हुन्छ । डा. बुढाथोकीका अनुसार जिब्रो दाँत माझ्ने ब्रसको ब्रिस्टनले सफा गर्नुपर्छ । शनिबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७५ चैत १६ शनिवार ०८:२० मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...