१६ चैत, डोल्पा । डोल्पाको त्रिपुरा शुन्दरी नगरपालिकाले फलफूललाई आर्थिक समृद्दिको आधार बनाउँदै ‘एक घर एक बगैंचा’ कार्यक्रम लागू गरेको छ । नगरपालिकाले नगरभित्रका किसानलाई स्याउका विरुवा वितरण गरेको हो ।
नगरपालिकाले २४ हजार हेक्टर जमिनमा ५२ हजार स्याउ, नासपाती र आरुका विरुवा किसानलाई वितरण गरेको हो । गत आर्थिक वर्ष नगरका १, ३, ४, ५ र ६ वडामा विशेष पर्यटक क्षेत्र निर्धारण गरेर नौ हजार अंगुरको विरुवा वितरण गरेको थियो ।
व्यवसायिक खेतीको थालनी गरेको नगरपालिकाले यस आर्थिक वर्षमा ‘एक घर एक बगैंचा’ अन्तर्गत ५२ हजार स्याउका विरुजा वितरण गरेको नगरप्रमुख ओम बहादुर बुढाले जानकारी दिए । वडा १ मा तीन हजार ६ सय, वडा २ का लागि ४ हजार आठसय, ३ का लागि १७ हजार चार सय स्याउका विरुवा वितरण गरिएको हो । शनिबारको अन्नपूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७५ चैत १६ शनिवार ०८:०० मा प्रकाशित






























