back
CTIZAN AD

पश्चिमी वायुको प्रभाव, मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना

वि.सं.२०७५ चैत १६ शनिवार

747 

shares

१६ चैत, काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि प्रवेश गरेको न्यूनचापीय वायुको प्रभावले अझै एक–दुई दिन देशका पूर्व र मध्य भू–भागको मौसम प्रभावित हुने महाशाखाका मौसमविद् मञ्जु वासीले बताए । तत्काल भारी वर्षाको सम्भावना नरहे पनि अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद् वासीले जानकारी दिए ।

उनका अनुसार प्रिमनसुनको समय भएका हुनाले वर्षा लामो समय हुनेछौ् छिनमै मौसमपरिवर्तन हुनेछ । उच्च हिमाली भू–भागमामा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

राति देशको अधिकांश स्थानमा सामान्य बदली रही पूर्वी र मध्य भू–भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आइतबार देशको पूर्वी र मध्य भू–भागमा आंसिकदेखि सामान्य बदली रही पूर्वी–पश्चिमी स्थानका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराई भेगको केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस र अधिकमत तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

वि.सं.२०७५ चैत १६ शनिवार ११:४२ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...