Logo
२२ मंसिर २०७९, बिहीबार
     Thu Dec 8 2022
E-paper
  English Edition
   Unicode
Logo

जुत्ता

मुक्ति गौतम, टिमिन्स, क्यानडा


म जुत्ता हजुरको
पैतालो भन्दा मुनी बस्छु
म टेक्छु हजुरको साटो
खिइन्छु, च्यातिन्छु बरु
हजुरलाई निर्भय हिँडाउन बाहेक
मेरो अर्को ध्येय छैन प्रभु !
म हजुरको सधैँ ख्याल राख्छु
हजुरको वजन
हजुरको पसिना
हजुरको चयन

हजुरको अहम् लाई ।

मैले कहिल्यै कुनै दिन
अलिकति पनि
गुनासो पोखिन हजुरसङ्ग
मुख मोडिन हजुरबाट मैले
कहिल्यै छोडिन हजुरलाई निमेष भर
उकालोमा पनि
हजुरकै अघि अघि थिए म ।

झरीमा
खडेरीमा
हरेक पटक
हजुरकै मुनि बसिरहें,
तातोले नछोओस् हजुरका पैतलाहरु
चिसोले नभिजाओस्
सर्दी नलागोस् हजुर
मेरो आयु हजुरकोमा थपियोस्
मेरो हजुर
हजुर भएकैले त म पनि छु

मेरो अस्तित्व पनि
म जुत्ता हजुरको ।

म तल बस्छु

हजुरलाई माथि उठाउँछु
म बाहिर बस्छु

हजुरलाई भित्र पुर्याउँछु,
हजुरको पसिनाको गन्ध
आफूभित्र राखेर
डुङडुङती बरु म आफै किन नगन्हाउँ
म हजुरको पैतालोलाई
सफा राख्छु ।

मलाई छि छि र दूर दूर गर्छन् मान्छेहरू,
म चिसोमा बसेर
हजुरलाई तातोमा छिराउँछु
म पानीमा भिजेर
हजुरलाई ओतभित्र पठाउँछु ।

मलाई गर्व छ
हजुरको उचाइमा थपिन पाएकोमा
अलिकति भएपनि
हजुरलाई भर दिन पाएकोमा
हजुर भएकैले म छु
मेरो अस्तित्व छ
धरोधर्म
प्रभु ! मेरो हजुर बाहेक अरू कोही छैन
कि म आफै दुत्कारिएर यति बिघ्न
कसैको सेवा गरौं ।

म जुत्ता
मैले कहिल्यै हजुरलाई बोकाइन
हो खोला तर्दा एकछिन उचालेको हो
अब त्यसैलाई निहुँ बनाएर
कहाँ माथि पुर्याएको भन्न मिल्छ र हजुर ?
हिलो लाग्ला भनेर एकछिन उठाएको लाई
कसरी सुरक्षा दिएको भन्न मिल्छ र हजुर ?
होइन भने
म सधैँ बाहिर फालिएको छु
अपहेलित हुन्छु जीवनभरि ।

म सद्दे हुँदा
मैले झरी भनिन
मैले पानी भनिन
मैले घाम
या
चिसो भनिन हजुरको लागि
तर
सधैँको यो दुत्कार किन प्रभु ?

म जुत्ता
मलाई टोपी बन्नु छैन
माथि माथि अर्काको टाउकोमा
गजधुम्म बस्नु छैन मलाई
भारी बन्नु छैन मलाई कसैको
गर्वले फुल्नु छैन
मलाई आफ्नै कर्म मन पर्छ ।

मलाई डर छैन खिइनु सङ्ग
थिचिनु सङ्ग
फाट्नु
या
जुध्नु सङ्ग,
म जुत्ता हजुरको
हजुरको पैतालो मुनी बस्छु
हजुरको अहम् को रक्षा गर्छु
तर
मलाई माफ गर्नुहोला प्रभु
‘सानो चीज ठूलो मुख’
मलाई गौरव छ जुत्ता हुनुमा
कमसेकम
म कृतघ्न त छैन ।

चौरजहारी, रुकुम
हाल : टिमिन्स, क्यानडा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पुष्पा न्यौपाने । घर नुवाकोट । दरबारमार्गस्थित केल्मीको शोरुमा संचालक । तर, उनै पुष्पाको

मान्छेको जिवनमा सम्बन्धको धेरै महत्व हुन्छ तर जब विश्वास टुट्छ वा विश्वास टुट्ने डर

काठमाडौं । नेकपा (एमाले)का निम्ति हालको सत्ता गठबन्धन निकै टाउको दुखाईको विषय बनेको छ

काठमाडौं । भारतको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहका सहयोगी सन्दिप राना नेपाली कांग्रेसको समानुपातिकको