back
CTIZAN AD

परम्परागत खेती छोडेर फलफूल खेतीमा म्याग्दीका किसान

वि.सं.२०७५ चैत १६ शनिवार

816 

shares

ध्रुवसागर शर्मा, १६ चैत, गलेश्वर, म्याग्दी । म्याग्दीका किसानले परम्परागत खेती छाडेर फलफूले खेतीतिर लागेका छन् ।

उनीहरुले धान, मकै, गहुँ, कोदो खेती गर्दै आएका किसानले पछिल्लो समय आफ्नो खेतबारीमा सुन्तला र केराका बिरुवा लगाउन थालेका छ ।

अन्नबालीको तुलनामा कम मिहिनेत र थोरै लगानीमा छिटो नगद आम्दानी लिन सकिने भएकाले आफूहरु अन्नबालीको विकल्पमा फलफूल खेतीतर्फ आकर्षित भएको किसानले बताएका छन् । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका सबै वडामा अहिले अन्नबालीको तुलनामा फलफूल र तरकारी खेतीतर्फको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

बेनी नगरपालिकाको ज्यामरुककोट, खबरा, राखु, मरेक, बास्कुना, मालिका गाउँपालिकाको बिम, ओखरबोट, देवीस्थान, मङ्गला गाउँपालिकाको अर्मन, कुहूँ, बरङ्जा, रघुगङ्गाको भगवती, बेगखोला, पिप्ले, अन्नपूर्ण गाउँपालिकाको दाना, नारच्याङ र हिस्तान तथा धवलागिरि गाउँपालिकाको ताकम र मुदीका किसानले फलफूल खेती विस्तार गरेका छन् ।

बेनी नगरपालिका–२ खवराका चन्द्रबहादुर कार्कीले १० मुरी धान फल्ने तीन रोपनी जग्गामा २०० बोट केराका नयाँ बिरुवा लगाउनुभएको छ । त्यसैगरी सोही गाउँका भक्तबहादुर कुँवरले खेत, बारी र पाखो जग्गा गरी चार रोपनी क्षेत्रफलमा केरा र मेवाका बिरुवा लगाएको बताए ।

अन्नबालीले लगानी पनि नउठ्ने तथा उत्पादनले बजार पनि नपाउने र खेती लगाउने समयमा कृषि मजदुरको पनि अभाव हुने हुँदा अन्नबाली झन्झटिलो भएकाले फलफूलतिर आकर्षित भएको किसानको भनाइ छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका कृषकले गत वर्षसम्म मकै र कोदो लगाउँदै आएको बारीमा सात हजार नयाँ सुन्तलाका बिरुवा रोपेका स्थानीय कृषक धनसरा पुनले जानकारी दिइन् । । उनका अनुसार जनशक्तिको अभावमा बाँझिदै गएको जमीनलाई उपयोगमा ल्याउन गत वर्षदेखि सुन्तला र केरा खेती विस्तार गरिएको हो ।

फलफूल खेतीलाई अन्नबालीको जस्तो स्याहारसुसार र गोडमेल पनि गरिरहनु नपर्ने, धेरै जनशक्तिको पनि आवश्यक नपर्ने र आम्दानी पनि बढी हुने भएकाले अन्नबालीलाई छाडेर फलफूल खेतीतर्फ लागेको किसानले बताएका छन् ।

साविकको जिल्ला कृषि विकास कार्यालयले गत आर्थिक वर्ष जिल्लाका किसानलाई ५० प्रतिशत अनुदानमा २५ हजार सुन्तलाका बिरुवा वितरण गरेको थियो । गत वर्ष मात्रै ६० हेक्टर थप क्षेत्रफलमा सुन्तला खेती विस्तार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका बागवानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिए । अधिकृत थापाका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा म्याग्दीमा रु सात करोड ५० लाख मूल्य बराबरको दुई हजार २६५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

वि.सं.२०७५ चैत १६ शनिवार ११:५७ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...