back

परम्परागत खेती छोडेर फलफूल खेतीमा म्याग्दीका किसान

वि.सं.२०७५ चैत १६ शनिवार

30 

shares

ध्रुवसागर शर्मा, १६ चैत, गलेश्वर, म्याग्दी । म्याग्दीका किसानले परम्परागत खेती छाडेर फलफूले खेतीतिर लागेका छन् ।

उनीहरुले धान, मकै, गहुँ, कोदो खेती गर्दै आएका किसानले पछिल्लो समय आफ्नो खेतबारीमा सुन्तला र केराका बिरुवा लगाउन थालेका छ ।

अन्नबालीको तुलनामा कम मिहिनेत र थोरै लगानीमा छिटो नगद आम्दानी लिन सकिने भएकाले आफूहरु अन्नबालीको विकल्पमा फलफूल खेतीतर्फ आकर्षित भएको किसानले बताएका छन् । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका सबै वडामा अहिले अन्नबालीको तुलनामा फलफूल र तरकारी खेतीतर्फको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

बेनी नगरपालिकाको ज्यामरुककोट, खबरा, राखु, मरेक, बास्कुना, मालिका गाउँपालिकाको बिम, ओखरबोट, देवीस्थान, मङ्गला गाउँपालिकाको अर्मन, कुहूँ, बरङ्जा, रघुगङ्गाको भगवती, बेगखोला, पिप्ले, अन्नपूर्ण गाउँपालिकाको दाना, नारच्याङ र हिस्तान तथा धवलागिरि गाउँपालिकाको ताकम र मुदीका किसानले फलफूल खेती विस्तार गरेका छन् ।

बेनी नगरपालिका–२ खवराका चन्द्रबहादुर कार्कीले १० मुरी धान फल्ने तीन रोपनी जग्गामा २०० बोट केराका नयाँ बिरुवा लगाउनुभएको छ । त्यसैगरी सोही गाउँका भक्तबहादुर कुँवरले खेत, बारी र पाखो जग्गा गरी चार रोपनी क्षेत्रफलमा केरा र मेवाका बिरुवा लगाएको बताए ।

अन्नबालीले लगानी पनि नउठ्ने तथा उत्पादनले बजार पनि नपाउने र खेती लगाउने समयमा कृषि मजदुरको पनि अभाव हुने हुँदा अन्नबाली झन्झटिलो भएकाले फलफूलतिर आकर्षित भएको किसानको भनाइ छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका कृषकले गत वर्षसम्म मकै र कोदो लगाउँदै आएको बारीमा सात हजार नयाँ सुन्तलाका बिरुवा रोपेका स्थानीय कृषक धनसरा पुनले जानकारी दिइन् । । उनका अनुसार जनशक्तिको अभावमा बाँझिदै गएको जमीनलाई उपयोगमा ल्याउन गत वर्षदेखि सुन्तला र केरा खेती विस्तार गरिएको हो ।

फलफूल खेतीलाई अन्नबालीको जस्तो स्याहारसुसार र गोडमेल पनि गरिरहनु नपर्ने, धेरै जनशक्तिको पनि आवश्यक नपर्ने र आम्दानी पनि बढी हुने भएकाले अन्नबालीलाई छाडेर फलफूल खेतीतर्फ लागेको किसानले बताएका छन् ।

साविकको जिल्ला कृषि विकास कार्यालयले गत आर्थिक वर्ष जिल्लाका किसानलाई ५० प्रतिशत अनुदानमा २५ हजार सुन्तलाका बिरुवा वितरण गरेको थियो । गत वर्ष मात्रै ६० हेक्टर थप क्षेत्रफलमा सुन्तला खेती विस्तार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका बागवानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिए । अधिकृत थापाका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा म्याग्दीमा रु सात करोड ५० लाख मूल्य बराबरको दुई हजार २६५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

वि.सं.२०७५ चैत १६ शनिवार ११:५७ मा प्रकाशित

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका...

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

काठमाडौं । योजना आयोगका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।...

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

काठमाडौं । दुरसंचार प्राधिकरणले दूरसंचार सेवा प्रदायक ३० कम्पनीलाई सातदिन...

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ...