back
CTIZAN AD

सूचना र संचारमा हिमाली जिल्ला म्याग्दीले फड्को मार्यो

वि.सं.२०७५ चैत १६ शनिवार

795 

shares

१६ चैत, म्याग्दी । सूचना र सञ्चारको क्षेत्रमा हिमाली जिल्ला म्याग्दीले फड्को मारेको छ ।
केही वर्ष अघिसम्म देशका विभिन्न स्थान वा विदेशमा रहेका आफन्तलाई एक कल फोन गर्नका लागि तीन दिनको समय लगाएर सदरमुकाम बेनी झर्ने गरेका म्याग्देली अब भने हातहातमै बोकेको मोबाइलबाट देशविदेशमा रहेका आफन्तसँग कुरा गर्नुका साथै इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको पहुँचमा छन् ।

नेपाल टेलिकम म्याग्दीका अनुसार जिल्लाका ९० हजार जनता सञ्चारको पहुँचमा छन् । विसं २०६८ को जनगणनाअनुसार म्याग्दीको कूल जनसङ्ख्या एक लाख १३ हजार ६४१ रहेकामा करीब ८० प्रतिशत नागरिक सञ्चारको पहुँचमा रहेका नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीका प्रमुख विष्णुदेव शाहले जानकारी दिए ।

शाहले दिएको जानकारीअनुसार जिल्लामा प्रिपेड मोबाइल सेवाका प्रयोगकर्ता ७० हजार ४३२, स्काइ फोनका १५ हजार २६३ रहेका छन् । यसैगरी पोष्टपेड मोबाइल बोक्ने एक हजार ७१४, ल्याण्डलाइन टेलिफोनका ग्राहक एक हजार ३०६ र सिडिएमएका ५१५ ग्राहक छन् । जिल्लाका विभिन्न ठाउँमा गरी कूल ३२ बिटिएस टावर सञ्चालनमा छन् । सदरमुकामस्थित टेलिकमको आफ्नै कार्यालय, बेनीबजार क्षेत्र, क्याम्पस चोक, बेनी नगरपालिकाको ५ र ९ नं वडामा मोबाइल फोनका लागि बिटिएस सञ्चालन गरिएको शाहले बताए ।

यसैगरी निजी क्षेत्रको एनसेलको पनि म्याग्दीमा राम्रै पहुँच रहेको छ । म्याग्दीको माथिल्लो क्षेत्रका अधिकांश जनताले एनसेलको सीम प्रयोग गर्ने गरेका छन् । त्यस्तै म्याग्दीका ५५ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन् भने रेडियो, पत्रपत्रिका र टेलिभिजनमा पनि पहुँच बढ्दै गएको नेपाल पत्रकार महासङ्घ म्याग्दीले जनाएको छ ।

वि.सं.२०७५ चैत १६ शनिवार १२:०२ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...