back

नगरपालिकाकै हाताभित्र पत्रकारमाथि हातपात

वि.सं.२०७५ चैत १६ शनिवार

33 

shares

१६ चैत, पाल्पा । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्यालसहित अन्य पत्रकार तानसेन नगरपालिकाको हाताभित्र कुटिएका छन् ।

समचार सङ्कलनका लागि खटिएका सामुदायिक रेडियो मदनपोखरामा कार्यरत पत्रकार विजय बौडेलमाथि शुक्रबार हातपात गरेको खबर पाएपछि तानसेन नगरपालिकामा पुगेका बेला आन्दोलनकर्मीले अर्यालमाथि आक्रमण गरेका हुन् । पत्रकार बौडेलमाथि यसअघि नै लेखेको समाचार तथा लेखका विषयमा आक्रोशित भीडले कुटपिट गरेको हो ।

तानसेन सडक फराकिलो बनाउन हुँदैन भन्दै आन्दोलनमा रहेका लक्ष्मण रेग्मी, बाबुराम विष्ट, शैलेन्द्र भट्टराईलगायतका व्यक्तिले पत्रकारमाथि हातपात गरेको महासङ्घको विज्ञप्तिमा उल्लेख छ । पत्रकारमाथि दुव्र्यवहार गरेको सूचनाका आधारमा घटनास्थलमा पुगेका बेला आन्दोलनकर्मीले आफूमाथि हातपात गरेको अध्यक्ष अर्यालले जानकारी दिए ।

शाखाका उपसभापति भरत शर्मा, सचिव किरण कौशलद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई समाचार सङ्कलनका क्रममा हातपात गरी ज्यान मार्ने प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घ पाल्पालगायत पाल्पाका सम्पूर्ण सञ्चारकर्मीहरु घोर भत्र्सना गर्दछौँ भनिएको छ ।

अर्याल र बौडेलले सामुदायिक रेडियो मदनपोखरामा आवद्ध छन् । तानसेन नगरपालिका क्षेत्रमा पत्रकारमाथि हातपात हुनु राम्रो नभएको तानसेनका मेयर अशोककुमार शाहीले बताए । पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले पत्रकारमाथि भएको हातपातको घटनामा दोषीमाथि कारवाही हुने बताए ।

वि.सं.२०७५ चैत १६ शनिवार १२:१२ मा प्रकाशित

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारसम्बन्धी काम प्रभावित

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारसम्बन्धी काम प्रभावित

पर्वत । भौतिक विकास निर्माण तथा पूर्वाधारसम्बन्धी काम गर्ने प्रमुख...

७० वर्ष पुगेपछि चाहियो नागरिकता

७० वर्ष पुगेपछि चाहियो नागरिकता

सिरहा । धनगढीमाई नगरपालिका-१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष...

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई मन्त्रालय निर्देशन

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई मन्त्रालय निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै...

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी सुरु

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी सुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार हुने...

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक : नेता निधी

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक : नेता निधी

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले विदेशमा...