back
CTIZAN AD

नगरपालिकाकै हाताभित्र पत्रकारमाथि हातपात

वि.सं.२०७५ चैत १६ शनिवार

630 

shares

१६ चैत, पाल्पा । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्यालसहित अन्य पत्रकार तानसेन नगरपालिकाको हाताभित्र कुटिएका छन् ।

समचार सङ्कलनका लागि खटिएका सामुदायिक रेडियो मदनपोखरामा कार्यरत पत्रकार विजय बौडेलमाथि शुक्रबार हातपात गरेको खबर पाएपछि तानसेन नगरपालिकामा पुगेका बेला आन्दोलनकर्मीले अर्यालमाथि आक्रमण गरेका हुन् । पत्रकार बौडेलमाथि यसअघि नै लेखेको समाचार तथा लेखका विषयमा आक्रोशित भीडले कुटपिट गरेको हो ।

तानसेन सडक फराकिलो बनाउन हुँदैन भन्दै आन्दोलनमा रहेका लक्ष्मण रेग्मी, बाबुराम विष्ट, शैलेन्द्र भट्टराईलगायतका व्यक्तिले पत्रकारमाथि हातपात गरेको महासङ्घको विज्ञप्तिमा उल्लेख छ । पत्रकारमाथि दुव्र्यवहार गरेको सूचनाका आधारमा घटनास्थलमा पुगेका बेला आन्दोलनकर्मीले आफूमाथि हातपात गरेको अध्यक्ष अर्यालले जानकारी दिए ।

शाखाका उपसभापति भरत शर्मा, सचिव किरण कौशलद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई समाचार सङ्कलनका क्रममा हातपात गरी ज्यान मार्ने प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घ पाल्पालगायत पाल्पाका सम्पूर्ण सञ्चारकर्मीहरु घोर भत्र्सना गर्दछौँ भनिएको छ ।

अर्याल र बौडेलले सामुदायिक रेडियो मदनपोखरामा आवद्ध छन् । तानसेन नगरपालिका क्षेत्रमा पत्रकारमाथि हातपात हुनु राम्रो नभएको तानसेनका मेयर अशोककुमार शाहीले बताए । पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले पत्रकारमाथि भएको हातपातको घटनामा दोषीमाथि कारवाही हुने बताए ।

वि.सं.२०७५ चैत १६ शनिवार १२:१२ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...