back
CTIZAN AD

मनै लोभ्याउने इलामको राँके बजार

वि.सं.२०७५ चैत १६ शनिवार

2K 

shares

रवीन्द्र काफ्ले, १६ चैत, फिदिम । सडकको छेउमा रहेका पसलमा प्लाष्टिकका बट्टामा बाह्रै महीना राताम्य अकबरे खुर्सानी । मौसमअनुसार साग, इस्कुस, जरा, मटरकोसा, मुला, काउली, बन्दालगायत स्थानीय प्राङ्गारिक सागसब्जी । ललीपप, छुर्पी, घिउलगायत प्याकेटमा राखिएका स्थानीय दुग्ध उत्पादनहरु ।

विभिन्न प्रकारका प्रारङ्गारिक चिया । चिमफिङ, टिम्बुर, खनक्पालगायत स्थानीय जडीबुटी । पूर्वीपहाडमा उत्पादन हुने मौसमअनुसारका किबी, सुन्तला, स्याउलगायत फलफूल । सबै वस्तु सजाएर राखिएका छन् ।

इलामबाट पाँचथर र ताप्लेजुङ जाने सबैलाई आकर्षित गर्छ यी सबै कुरा पाइने स्थानीय उत्पादनको राँके बजारले । मेची राजमार्गमा प्रायः साना सवारीसाधन गुड्छन् र ती सबै रोकिन्छन् यही आकर्षक बजारमा । पाँचथर र इलाम जिल्लाको सिमानामा अवस्थित, मेची राजमार्गमा पर्ने राँके बजार स्थानीय उत्पादनको बजारको रुपमा परिचित छ ।

बिक्रीका लागि आकर्षक ढङ्गबाट राखिएका स्थानीय उत्पादनले मेची राजमार्ग भएर यात्रा गर्ने सबैलाई लोभ्याउने गरेको छ । त्यसैले यहाँ स्थानीय उत्पादनको बिक्री पनि राम्रो छ । यहाँका प्राङ्गारिक उत्पादन खरीद नगर्ने कमै मात्र यात्रु हुन्छन् । यहाँ बिक्रीका लागि राखिएका वस्तुको स्वादले धेरैलाई लठ्याउँछ, खरीद गर्ने धेरैले भन्छन्, आहा १ राँके ।

पाँचथर र इलाम जिल्लामा फैलिएको राँके बजारमा दैनिक लाखौँको स्थानीय उत्पादन बिक्री हुने गरेको छ । यो बजारको आधार भनेकै मेची राजमार्ग हो । मेची राजमार्ग भएर हिँड्ने यात्रुका कारण यहाँको व्यवसाय लोभलाग्दो छ । यात्रा गर्ने अधिकांशलाई आकर्षण गर्न सक्नु यहाँका ब्यवसायीको खुबी हो ।

विगत १३ वर्षदेखि राँके बजारको मध्यभागमा स्थानीय उत्पादनको व्यवसाय गर्दै आएकी चन्द्रवीर तामाङ सरदरमा दैनिक रु सात हजार मूल्यको स्थानीय उत्पादन बिक्री गर्दै आएको बताए । “ललीपप, छुर्पी, अकबरे खुर्सानी सबैभन्दा बढी बिक्री हुन्छ”, तामाङले भने “यो बाटोबाट यात्रा गर्ने प्रायः यात्रुले हाम्रा सामग्री खरीद गर्नुहुन्छ ।”

अर्का व्यवसायी नवीन नेम्वाङ दैनिक करीब रु २० हजार मूल्यको स्थानीय उत्पादन बिक्री गर्दै आएको बताउछन् । स्थानीय उत्पादन सधैँ बिक्री हुने भए पनि वडादशैँ, तिहार र पाथीभरा मन्दिर दर्शनको समयमा अत्यधिक बिक्री हुने गर्दछ ।

पाथीभराको आशीर्वाद

प्रत्येक वर्षको वैशाख, असोज, कात्तिक, मङ्सिर र चैतमा मेची राजमार्ग भएर लाखौँ तीर्थयात्री ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा दर्शन गर्न पुग्दछन् । पाथीभराबाट फर्केका यात्रु राँकेमा केही न केही सामग्री खरीद नगरी हिँड्दैनन् । यसैले यहाँका व्यापारी ठान्छन्, उनीहरुको व्यापार फस्टाउनुमा पाथीभरामाताकै आशीर्वाद छ । “पाथीभरा जाने मौसममा बिक्री गर्नै भ्याइनभ्याई हुन्छ”, व्यवसायी नेम्वाङले भने, “वर्षदिनको कमाइसमेत पाँच महीनामै हुन्छ ।” यस्तै पूर्वी पहाड घर भई तराईका जिल्ला, ठूला शहर तथा राजधानीमा बस्नेहरु दशैँमा घर फर्कने गर्दछन् । पाथीभरा दर्शनको मौसम पनि यही समय हो । यस समयमा राँकेमा एकैदिन करोडौँको व्यापार हुने गरेको व्यवसायीको अनुभव छ ।

सधैँ धुम्म रहने, तुवाँलो लागिरहने राँके अत्यधिक ठन्डा हुने स्थानसमेत हो । यसकारण यहाँ धेरै सवारी रोकिन्छन्, यात्रुले खाना र नास्तासमेत खान्छन् । यात्रुले चिसो ठाउँमा खाना खाँदा छुट्टै आनन्द हुने बताउने गरेका कारण यहाँ धेरैले खाना खाने गरेको सवारी चालक राजु विश्वकर्माको भनाइ छ । यसरी खाना र नास्ता खाने यात्रुहरुले खोजीखोजी प्राङ्गारिक उत्पादन खरीद गर्ने गरेको विश्वकर्माको भनाइ छ ।

कृषकलाई सहज

फाल्गुनन्द गाँउपालिका–३ का कृषक राजकुमार नेम्वाङ राँके बजारका कारण स्थानीय कृषि उपज बिक्री सहज भएको बताउँछन् । आफूले वर्षेनी ३० देखि ४० क्विन्टल अकबरे खुर्सानी बिक्री गर्दै आएको बताउने नेम्वाङ राँके बजारकै कारण आफूले चित्तबुझ्दो मूल्य पाएकामा खुशी छन् । यस क्षेत्रका युवा वैदेशिक रोजगारीबाट फर्केपछि अकबरे खुर्सानीलगायत कृषि उपज उत्पादनमा केन्द्रित हुँदै गएको नेम्वाङको भनाइ छ । अकबरे खुर्सानी उत्पादनका लागि चर्चित फाल्गुनन्द गाउँपालिकाका खुर्सानी पूर्वी तराईका जिल्ला र राजधानी काठमाडौँमा निर्यात हुने गरेको छ ।

पाँचथर उद्योग वाणिज्य सङ्घका महासचिव नवराज घिमिरे राँके बजारका कारण कृषिको व्यवसायिकीकरण, पर्यटन प्रवद्र्धन र जिल्लाको अर्थतन्त्र सुधारमा महत्वपूर्ण टेवा पुगेको बताउनुहुन्छ । “स्थानीय उत्पादनको बिक्रीका कारण ठूलो धनराशि स्थानीय कृषकका हातमा पुगेको छ”, भने, “स्थानीय उत्पादनको व्यवसाय गर्ने व्यापारीले समेत राम्रो आम्दानी गर्दै आउनुभएको छ ।”

यहाँको मुख्य आकर्षण अकबरे खुर्सानीको उत्पादन बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत पाँचथर उद्योग वाणिज्य सङ्घले राँके छेवैको साविकको चिलिङदिन गाविसमा ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको घिमिरेले बताए ।

 

वि.सं.२०७५ चैत १६ शनिवार १२:३० मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...