back
CTIZAN AD

अक्षरयात्राको १६४औं श्रृँखला सम्पन्न

वि.सं.२०७५ चैत १६ शनिवार

708 

shares


सुरज उपाध्याय
१६ चैत्र । अक्षरयात्राको १६४औं श्रृँखला सम्पन्न भएको छ । “जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा” मूल मन्त्र बनाइ नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार संचालन हुँदै आएको नियमित यात्रा साहित्यिक कार्यक्रमको १६४ औं श्रृँखला आज ३० मार्चका दिन हलो क्रान्तिका अभियन्ता समाजसेवी पण्डित स्व मुक्तिराम तिमिल्सिनाको बाटुलेचौर अवस्थित निवासमा सम्पन्न भयो ।

गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागर पोखराको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रकट पगेनी, दिलीप दोषी, संजिब पौडेल, प्रकाश ज्ञवाली, प्रान्जल, ईशा शाह, गीता तिवारी, बिष्णु वास्तोला, के आर ढकाल, लक्ष्मी देवकोटा, संदीप अधिकारी, गणेश शर्मा, ज्वलन्त प्रेमी, सूरज उपाध्याय र हरीबहादुर थापाले तत्स्थानमा रचित सृजना वाचन गरेका थिए ।

नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा र स्थानीय व्यवस्थापक मुक्तिराम तिमिल्सिना प्रतिष्ठानका अध्यक्ष मोहन थापाको संयुक्त अध्यक्षतामा सम्पन्न सम्पन्न उक्त कार्यक्रमको संचालन मुक्तक मन्चका सचिव वसन्त विनोदले गरेका थिए ।

बिसं १९७१ आषाढमा जन्मेका पण्डितले २००१ सालमा हलो जोतेर परम्परा तोडेका थिए । २००४ सालमा विन्ध्यवासिनी मावि, केआइसिंह पुल, महेन्द्रगुफा, एयरपोर्ट, पृथ्वी नारायण क्याम्पस लगायत स्थापनामा अग्रणी उनी राजनैतिक, शैक्षिक र सामाजिक जागरणका समेत अभियन्ता थिए । को अछूत ?, मातृत्व र धर्मपुत्र, गफ, हिन्दु संस्कृति र आधुनिकता तगायत कृतिको सृजना गर्नुको साथै संस्कृत ग्रन्थको नेपालीमा अनुवाद पनि गरेका थिए । उनको देहान्त २०४६ चैत्र १९ गते भएको थियो ।

वि.सं.२०७५ चैत १६ शनिवार २०:१२ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...