back

अक्षरयात्राको १६४औं श्रृँखला सम्पन्न

वि.सं.२०७५ चैत १६ शनिवार

45 

shares


सुरज उपाध्याय
१६ चैत्र । अक्षरयात्राको १६४औं श्रृँखला सम्पन्न भएको छ । “जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा” मूल मन्त्र बनाइ नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार संचालन हुँदै आएको नियमित यात्रा साहित्यिक कार्यक्रमको १६४ औं श्रृँखला आज ३० मार्चका दिन हलो क्रान्तिका अभियन्ता समाजसेवी पण्डित स्व मुक्तिराम तिमिल्सिनाको बाटुलेचौर अवस्थित निवासमा सम्पन्न भयो ।

गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागर पोखराको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रकट पगेनी, दिलीप दोषी, संजिब पौडेल, प्रकाश ज्ञवाली, प्रान्जल, ईशा शाह, गीता तिवारी, बिष्णु वास्तोला, के आर ढकाल, लक्ष्मी देवकोटा, संदीप अधिकारी, गणेश शर्मा, ज्वलन्त प्रेमी, सूरज उपाध्याय र हरीबहादुर थापाले तत्स्थानमा रचित सृजना वाचन गरेका थिए ।

नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा र स्थानीय व्यवस्थापक मुक्तिराम तिमिल्सिना प्रतिष्ठानका अध्यक्ष मोहन थापाको संयुक्त अध्यक्षतामा सम्पन्न सम्पन्न उक्त कार्यक्रमको संचालन मुक्तक मन्चका सचिव वसन्त विनोदले गरेका थिए ।

बिसं १९७१ आषाढमा जन्मेका पण्डितले २००१ सालमा हलो जोतेर परम्परा तोडेका थिए । २००४ सालमा विन्ध्यवासिनी मावि, केआइसिंह पुल, महेन्द्रगुफा, एयरपोर्ट, पृथ्वी नारायण क्याम्पस लगायत स्थापनामा अग्रणी उनी राजनैतिक, शैक्षिक र सामाजिक जागरणका समेत अभियन्ता थिए । को अछूत ?, मातृत्व र धर्मपुत्र, गफ, हिन्दु संस्कृति र आधुनिकता तगायत कृतिको सृजना गर्नुको साथै संस्कृत ग्रन्थको नेपालीमा अनुवाद पनि गरेका थिए । उनको देहान्त २०४६ चैत्र १९ गते भएको थियो ।

वि.सं.२०७५ चैत १६ शनिवार २०:१२ मा प्रकाशित

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय...

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

  काठमाडौँ । राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९/८० को...

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

ढोरपाटन (बागलुङ) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा...

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...

प्रयोगमा आउन छाडे झोलुङ्गे पुल

प्रयोगमा आउन छाडे झोलुङ्गे पुल

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङ्गा गाउँपालिका-३ राहुघाट...