back
CTIZAN AD

यौनवद्र्धक औषधि बोकेर हिडेका चार पक्राउ

वि.सं.२०७५ चैत १७ आइतवार

639 

shares

 

१७ चैत, सुरुङ्गा भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ ।

जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले बाह्रदशी गाउँपालिका–४ का २५ वर्षीय इन्तियाज आलम, सोही ठाउँका २८ वर्षीय ताहिर हुसेन, २७ वर्षीय सादम हुसेन र वौद्ध–१ काठमाडौँ निवासी ३१ वर्षीय झिनचोक शेर्पालाई औषधि बोक्न प्रयोग गरिएको भ्यान र दुई मोटरसाइकलसहित नियन्त्रणमा लिएको बताएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ । मे१ज ४०६३ नंको भ्यानमा औषधि राखेर बिर्तामोडतर्फ ल्याइँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी कुटीले जाँचका क्रममा चारैलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकामध्ये ताहिर भ्यान चालक हुन् । यो सँगै प्रहरीले मे६प १०१६ नंको मोटरसाइकल र अर्को एक थान भारतीय नम्बरप्लेट भएको वीआर३७ए २४९० को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

औषधिको मूल्य भने खुलाइएको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

वि.सं.२०७५ चैत १७ आइतवार ०९:०९ मा प्रकाशित

भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको...

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७...

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक...

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै...

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिकाले विद्यार्थी सङ्ख्या न्यून भएका...

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...