back

८० रुपैयाँ महसुल तिर्न २ हजार खर्च !

वि.सं.२०७५ चैत १७ आइतवार

36 

shares

१७ चैत, डडेल्धुरा । भागेश्वर गाउँपालिका १ का स्थानीयले ८० रुपैयाँको विद्युत् महसुल बुझाउन २ हजार खर्च गर्नु परेको छ । सोहि स्थानकी द्रौपदी टमटाले ८० रुपैयाँ तिर्न सदरमुकाम जानुपर्ने बाध्यताका कारण आउँदा जाँदा १५ सय रुपैयाँ खर्च भएको बताउँछीन् ।

भागेश्वरबाट जिल्ला सदरमुकाममा रहेको नेपाल विद्युत् प्राधिकरणको महसुल काउन्टर सम्म आउन जिपको साढे तीनसय एकतर्फी भाडा छ । उनीहरु महसुल बुझाएर सोहिदिन घर फर्कन भ्याउँदैनन् । ‘जिपको भाडा ७ सय, सामान्य होटल कोठाको पाँचसय, तीनपटक खानाको तीनसय गरी १५ सय खर्च भयो,’ उनले भनिन् ।

सदरमुकामबाट ५५ किलोमिटर टाढा रहेको भागेश्वर गाउँपालिका १ रुपाल र पनिउट बासीलाई ८० रुपैयाँको विद्युत् महसुल बुझाउन २ हजार भन्दा बढी खर्चनुपर्ने बाध्यता छ । आइतबारको अन्नपूर्णपोष्टमा डडेल्धुराबाट बन्दना बलमे लेखेकी छन् ।

वि.सं.२०७५ चैत १७ आइतवार ०८:५३ मा प्रकाशित

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका...

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

काठमाडौं । योजना आयोगका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।...

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

काठमाडौं । दुरसंचार प्राधिकरणले दूरसंचार सेवा प्रदायक ३० कम्पनीलाई सातदिन...

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ...