back

३६ लाख बढीको जग्गा कांग्रेसलाई दान, दाता सम्मानित

वि.सं.२०७५ चैत १७ आइतवार

81 

shares

१७ चैत्र, काठमाडौँ । नेपाली कांग्रेसको नगर समितिका लागि कार्यालय भवन निर्माण गर्न जग्गा दान गर्ने जग्गा दाता हरीनारायण सापकोटा सम्मानीत भएका छन् । पार्टीको मुसीकोट नगरपालिका समितिको भवन निर्माण गर्न सापकोटाले सोही नगरपालिका वार्ड नं.७ वामीमा रहेको ६ आना जग्गा दान गरेका थिए । वामी टक्सार बजारमा रहेको जग्गाको मुल्य ३६ लाख रुपैयाँ भन्दा माथी पर्ने जनाइएको छ ।

जग्गा दाता सापकोटालाई पार्टी सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रसंसापत्र सहित सम्मान गरेका हुन् । पार्टी वरीष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांङ्क कोइराला लगायतका नेताहरु उपस्थित रहेको कार्यक्रममा सभापति देउवाबाट सम्मान लिन पाउँदा आफुलाई खुसी लागेका सापकोटाले बताएका छन् ।

नेपाली कांग्रेस गुल्मीका पुर्व जिल्ला सचिव समेत रहेका सापकोटा हाल सपरीवार अमेरीकामा बस्दै आएका छन् । सापकोटाको पुख्र्यौली घर वामी टक्सारमा रहेको छ । तत्कालीन वामी टक्सार गाउँ वीकास समितिका अध्यक्ष तथा जिविस गुल्मीका सदस्य समेत रहेका सापकोटा नेवीसंघका पुर्व जिल्ला अध्यक्ष समेत हुन् ।

वि.सं.२०७५ चैत १७ आइतवार १४:११ मा प्रकाशित

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पछिल्लो...

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित...

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

फिक्कल । राष्ट्रियभूमि आयोग इलाम शाखाकार्यालयमा १६ हजार छ सय...

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

सामुदायिक हितका लागि एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

सामुदायिक हितका लागि एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

महोत्तरी । सामुदायिक हितका लागि धर्मशाला बनाएर कीर्ति राख्ने पुरानो...

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

नारायणगढ (चितवन) । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन...