back
CTIZAN AD

३६ लाख बढीको जग्गा कांग्रेसलाई दान, दाता सम्मानित

वि.सं.२०७५ चैत १७ आइतवार

753 

shares

१७ चैत्र, काठमाडौँ । नेपाली कांग्रेसको नगर समितिका लागि कार्यालय भवन निर्माण गर्न जग्गा दान गर्ने जग्गा दाता हरीनारायण सापकोटा सम्मानीत भएका छन् । पार्टीको मुसीकोट नगरपालिका समितिको भवन निर्माण गर्न सापकोटाले सोही नगरपालिका वार्ड नं.७ वामीमा रहेको ६ आना जग्गा दान गरेका थिए । वामी टक्सार बजारमा रहेको जग्गाको मुल्य ३६ लाख रुपैयाँ भन्दा माथी पर्ने जनाइएको छ ।

जग्गा दाता सापकोटालाई पार्टी सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रसंसापत्र सहित सम्मान गरेका हुन् । पार्टी वरीष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांङ्क कोइराला लगायतका नेताहरु उपस्थित रहेको कार्यक्रममा सभापति देउवाबाट सम्मान लिन पाउँदा आफुलाई खुसी लागेका सापकोटाले बताएका छन् ।

नेपाली कांग्रेस गुल्मीका पुर्व जिल्ला सचिव समेत रहेका सापकोटा हाल सपरीवार अमेरीकामा बस्दै आएका छन् । सापकोटाको पुख्र्यौली घर वामी टक्सारमा रहेको छ । तत्कालीन वामी टक्सार गाउँ वीकास समितिका अध्यक्ष तथा जिविस गुल्मीका सदस्य समेत रहेका सापकोटा नेवीसंघका पुर्व जिल्ला अध्यक्ष समेत हुन् ।

वि.सं.२०७५ चैत १७ आइतवार १४:११ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...