Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

जीवनको सकारात्मक उन्नतिका लागि युवाले थाले ‘बेटर नेपाल अभियान’



weter-nepal

२३ कात्तिक, काठमाडौँ । देशविदेशमा फैलिएका ६४ युवाले ‘बेटर नेपाल’नामक बृहत् अभियानको थालनी गरेका छन् ।

नेपालका अतिरिक्त भारत, जापान, अमेरिका, जर्मनी, अस्ट्रेलिया आदि देशमा अध्ययनरत अथवा कार्यरत नेपाली युवा सो अभियानमा जुटेका हुन् । अभियानका युवाले आफ्नो ज्ञान, सीप, समय र कला र आम्दानीलाई राष्ट्रिय जीवनको सकारात्मक उन्नतिका लागि प्रयोग गर्ने छन् ।

यही कात्तिक २० र २१ गते धादिङ बेंसीमा चलेको विचारविमर्शपछि जारी गरिएको ‘धादिङ घोषणपत्र’ मार्फत सो अभियानको घोषणा गरिएको हो । अभियानमा चिकित्सा, आयुर्वेद, कृषि, कलासाहित्य, समाजसेवा, विद्युत्प्रविधि, पत्रकारिता आदि विविध क्षेत्रका विद्यार्थी र जानकार समाविष्ट छन् । अभियानको संयोजकका रुपमा धादिङका गणेश ढुङ्गानालाई चयन गरिएको घोषणापत्रमा जानकारी गराइएको छ । यसैगरी सल्लाहकारमा साहित्यकार महेश पौड्याल र नीरा शर्मा तथा उद्यमी गणेशप्रसाद जोशी हुनुहुन्छ ।

अभियानले प्रथम वर्षमा उत्प्रेरणा र सशक्तीकरण, सूचना र प्रविधि तथा साहित्य–संस्कृति क्षेत्रमा देशैभरि कार्यक्रम गर्नेछ । क्रमशः चिकित्सक नवीन भट्ट, सूचना प्राविधिक अनिल खतिवडा र साहित्यकार अमृत अधिकारीलाई सो कार्यक्रमका लागि संयोजक बनाइएको छ । अभियानमा नेपालको मधेस क्षेत्रका रोशनकुमार दास, कौशलकुमार दास, धीरज महतो र सञ्जीव दास तथा विकट कर्णालीका कुबेर सोंडारी, दीपक पौडेल, सागर खड्का लगायत युवा पनि सम्मिलित रहेको सल्लाहकार पौड्यालले जानकारी दिनुभयो । अभियानले पहिलो औपचारिक कार्यक्रम आगामी पुस १७ गते गर्ने भएको छ । तस्बिर : महेश पौड्याल


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले