back
CTIZAN AD

जीवनको सकारात्मक उन्नतिका लागि युवाले थाले ‘बेटर नेपाल अभियान’

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

882 

shares

weter-nepal

२३ कात्तिक, काठमाडौँ । देशविदेशमा फैलिएका ६४ युवाले ‘बेटर नेपाल’नामक बृहत् अभियानको थालनी गरेका छन् ।

नेपालका अतिरिक्त भारत, जापान, अमेरिका, जर्मनी, अस्ट्रेलिया आदि देशमा अध्ययनरत अथवा कार्यरत नेपाली युवा सो अभियानमा जुटेका हुन् । अभियानका युवाले आफ्नो ज्ञान, सीप, समय र कला र आम्दानीलाई राष्ट्रिय जीवनको सकारात्मक उन्नतिका लागि प्रयोग गर्ने छन् ।

यही कात्तिक २० र २१ गते धादिङ बेंसीमा चलेको विचारविमर्शपछि जारी गरिएको ‘धादिङ घोषणपत्र’ मार्फत सो अभियानको घोषणा गरिएको हो । अभियानमा चिकित्सा, आयुर्वेद, कृषि, कलासाहित्य, समाजसेवा, विद्युत्प्रविधि, पत्रकारिता आदि विविध क्षेत्रका विद्यार्थी र जानकार समाविष्ट छन् । अभियानको संयोजकका रुपमा धादिङका गणेश ढुङ्गानालाई चयन गरिएको घोषणापत्रमा जानकारी गराइएको छ । यसैगरी सल्लाहकारमा साहित्यकार महेश पौड्याल र नीरा शर्मा तथा उद्यमी गणेशप्रसाद जोशी हुनुहुन्छ ।

अभियानले प्रथम वर्षमा उत्प्रेरणा र सशक्तीकरण, सूचना र प्रविधि तथा साहित्य–संस्कृति क्षेत्रमा देशैभरि कार्यक्रम गर्नेछ । क्रमशः चिकित्सक नवीन भट्ट, सूचना प्राविधिक अनिल खतिवडा र साहित्यकार अमृत अधिकारीलाई सो कार्यक्रमका लागि संयोजक बनाइएको छ । अभियानमा नेपालको मधेस क्षेत्रका रोशनकुमार दास, कौशलकुमार दास, धीरज महतो र सञ्जीव दास तथा विकट कर्णालीका कुबेर सोंडारी, दीपक पौडेल, सागर खड्का लगायत युवा पनि सम्मिलित रहेको सल्लाहकार पौड्यालले जानकारी दिनुभयो । अभियानले पहिलो औपचारिक कार्यक्रम आगामी पुस १७ गते गर्ने भएको छ । तस्बिर : महेश पौड्याल

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०३:१३ मा प्रकाशित

चन्द्रमातर्फ फर्किएको मानवता-आर्टेमिस-२ ले सम्झाएको साहस

चन्द्रमातर्फ फर्किएको मानवता-आर्टेमिस-२ ले सम्झाएको साहस

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले मानवसहितको चन्द्र अभियानतर्फ ऐतिहासिक सफलता...

भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु

भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका...

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौँ । नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख...

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ(चितवन) । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि...

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा...