back
CTIZAN AD

सबै मिले मात्र समृद्ध नेपाल निर्माण – उपराष्ट्रपति

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

1.1K 

shares

nanda-bahaur-pun२३ कात्तिक, ललितपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले देश लामो समय राजनीतिक परिवर्तनमा लागेकाले अब आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउनुभएको छ ।

मानव विकास तथा सामुदायिक सेवाको रजतोत्सवका अवसरमा हिजो यहाँ आयोजित कार्यक्रममा उहाँले हिमाल, तराई र पहाड सबै क्षेत्रमा बसोबास गर्ने नेपाली मिलेर लाग्दा मात्रै समृद्ध नेपाल निर्माण सम्भव भएको बताउनुभयो ।

आयुर्वेदिक र प्राकतिक चिकित्साको प्रवद्र्धन र संरक्षणमा लाग्न उहाँले सरकारको ध्यानाकर्षण गर्दै भन्नुभयो, “सरकार स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सङ्ख्या बढाउन लाग्नुपर्छ, स्वास्थ्य बिमा प्रभावकारी बनाएर सेवामा सबैको पहुँच पु¥याउनुपर्छ ।”

सो अवसरमा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सरकार पुग्न नसकेका ठाउँमा समेत पुगेर काम गरिरहेका गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रशंसा गर्दै राम्रा काम गरिरहेकाहरूले मानवतावादी कामलाई निरन्तरता दिनुपर्ने र जुनसुकै जात र धर्मको भए पनि नेपालीहरू एकार्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

संस्थाका कार्यकारी निर्देशक डा तीर्थ थापाले संस्थाले २५ वर्षदेखि निरन्तर गरिब र असहायलाई सेवा गरिरहेको जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०३:१७ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...