back

प्रहरी कार्यालय काकडभिट्टाको नवनिर्मित्त कार्यालय भवन शिलान्यास 

वि.सं.२०७५ चैत २० बुधवार

24 

shares

२० चैत, झापा । प्रदेश १ का  आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्कीले झापाको मेचीनगर ६ स्थित ईलाका प्रहरी कार्यालय काकँडभिट्टाको नवनिर्मित कार्यालय भवनको मंगलबार आयोजित एक कार्यक्रमबीच शिलान्यास गरेका छन् ।

भवन शिलान्यास कार्यक्रममा कानून मन्त्री कार्कीले नेपाल प्रहरीलाई प्रविधिमैत्री र भौतिक पूर्वाधार सम्पन्न बनाउने कार्यमा प्रदेश सरकार लागि परेको चर्चा गर्दै आन्तरिक सुरक्षाको अग्रपंक्तिमा रहेको नेपाल प्रहरीलाई भौतिक, मानसिक र शारीरिक रुपमा सम्पन्न बनाए मात्र आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सकिने उल्लेख गरे । झापा प्रहरीलाई नमूना प्रहरी बनाउने उद्देश्यले प्रदेश सरकार प्रयासरत रहेको उनले बताए ।

सो अवसरमा प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले सीमा नाकामा तैनाथ नेपाल प्रहरीले देशको सुरक्षाको प्रतिनिधित्व गरिरहेको अवस्थामा सीमित श्रोत साधन तथा भौतिक पूर्वाधारको अभाव देखिएको बताउँदै नयाँ निर्माण हुने भवनले काम गर्न थप हौसला प्राप्त गरेको उल्लेख गरेका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रदेश १ का सरकारको बिनोयोजित बजेटबाट कुल ३ करोड ६२ लाख ४० हजार ४ सय ५ रुपैयाँ लागतमा आधुनिक स्तरको सुबिधा सम्पन्न भवन निर्मित गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यक्रममा प्रदेश सांसदहरु श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी र राधा थापा, सहायक प्रमुख जिल्ला अधिकारीद्वय कृष्णचन्द्र पौडेल र माधवप्रसाद पोखरेल, मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य, उपमेयर मिना उप्रेती, नयाँ श्रीनाथ गणका गणपति मुकाहाम याक्थुम्वा, सशस्त्र प्रहरी वल २ नं गणका गणपति रेशमकुमार थक्सु, राष्ट्रिय अनुसन्धान बिभागका उपनिर्देशक सुशान्त बराल लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ चैत २० बुधवार १३:३६ मा प्रकाशित

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

सुदूरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा...

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक, वार्षिक रु ३५ लाख आम्दानी गर्दै

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक, वार्षिक रु ३५ लाख आम्दानी गर्दै

चौतारा । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ५९ वर्षीय पूर्व शिक्षक...

ठेकेदारले निर्माण सम्पन्न नगरेपछि वडाअध्यक्षकै अगुवाइमा बाटो अवरुद्ध

ठेकेदारले निर्माण सम्पन्न नगरेपछि वडाअध्यक्षकै अगुवाइमा बाटो अवरुद्ध

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग...

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

सिफारिसकाे आधारमा निजी अस्पतालद्वारा निःशुल्क उपचार गरिने

सिफारिसकाे आधारमा निजी अस्पतालद्वारा निःशुल्क उपचार गरिने

गोदावरी (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले...

भूकम्पपीडित चिसोमा काप्दै , क्षतिको विवरण अझै सङ्कलन भएन

भूकम्पपीडित चिसोमा काप्दै , क्षतिको विवरण अझै सङ्कलन भएन

जाजरकोट । कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले...