back
CTIZAN AD

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

वि.सं.२०७५ चैत २० बुधवार

675 

shares

२० चैत काठमाडौं । बैतडी, झापा, पाल्पा, बाँके र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

बैतडी, दशरथ चन्द नगरपालिका-१० बाराकोटस्थित सडकमा से।१ त ७०३७ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५ मिटर तल खसेर मंगलबार दिउसो दुर्घटना हुँदा ट्याक्टरमा सवार कैलाली टिकापुर नगरपालिका-१ बस्ने २४ वर्षीय तपेन्द्र बुढामगरको घट्नास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार डडेल्धुरा पर्शुराम नगरपालिका–११ बस्ने २५ वर्षीय गणेश भाटलाई उपचारको लागि जिल्ला अस्पताल बैतडी लगिएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, दमक नगरपालिका–९ स्थित सडकमा को ८ प ८८९६ नम्बरको मोटरसाइकललाई ना ६ ख ४७१५ नम्बरको ट्रकले मंगलबार दिउसो ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार चुलाचुली गाउँपालिका-६ बस्ने ६२ वर्षीय शुभाष राईको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक चुलाचुली गाउँपालिका-६ बस्ने १८ वर्षीय ओमन राईको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पा, रम्भा गाउँपालिका–१ च्याङ्लिङस्थित कच्ची सडकमा ग १ ख ७६३६ नम्बरको बसको ठक्करबाट रम्भा गाउँपालिका-१ च्याङ्लिङ बस्ने ६६ वर्षीया हुमकुमारी सारुको मंगलबार दिउसो मृत्यु भएको छ । स्याङजाको गल्याङबाट रामपुरतर्फ जाँदै गरेको उक्त बसमा सवार सारु बसबाट झरेर बाटो क्रस गर्ने क्रममा बस अगाडि बढन गई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१ बिशालनगर चोक नजिकै लु ४६ प १२७८ नम्बरको मोटरसाइकलबाट खसेर सोही उपमहानगरपालिका-१८ कारकाँदो बस्ने ७० वर्षीया आमना खातुनको मंगलबार दिउसो घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बाँके, जानकी गाउँपालिका-६ पिपरवा चोक नजिकै नेपालगंजबाट कोहलपुरतर्फ जाँदै गरेको भे१ ब १३९२ नम्बरको मोटरसाइकल मंगलबार राति आफै अनियन्त्रित भई डिभाईडरमा ठोकिदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मुगु सोरु गाउँपालिका-२ बस्ने २५ वर्षीय सुनिल शाहीको नर्सिङहोम अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २७ वर्षीय धनराज मल्लको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ बसामाडीस्थित सडकमा वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ३३७५ नम्बरको बसबाट खसेर सहचालक धनुषा जनकपुर उपमहानगरपालिका घर भएका १७ वर्षीय रवि सहनीको मंगलबार साँझ मृत्यु भएको छ । बसको ढोकाबाट खस्न जाँदा सोही बसको पछाडीको चक्काले च्याँप्न गई उनको घटनास्थलमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वि.सं.२०७५ चैत २० बुधवार १३:४५ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...