back
CTIZAN AD

ठेकेदारको लापरवाहीले तटबन्ध अलपत्र भएपछि स्थानीय आक्रोशित

वि.सं.२०७५ चैत २१ बिहीवार

645 

shares

२१ चैत, टीकापुर । कैलालीको टीकापुर नगरपालिका ७ सत्तीस्थित कर्णाली नदीमा तटबन्ध अलपत्र पार्ने निर्माण कम्पनीलाई कालोसुचीमा राख्न स्थानीयले माग गरेका छन् ।

राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया कुला सिँचाइ आयोजनासँग तटबन्ध निर्माणका लागि सम्झौता गरेको हाइग्रिभा सिद्धी शाही प्रकाश जेभीलाई कालोसूचीमा राख्न स्थानीयले माग गरेका हुन् ।

आयोजनासँग निर्माण कम्पनीले ०७२ चैत १३ गते सम्झौता गरेको थियो । सम्झौता भएको एक वर्षभित्रै निर्माण गरिसक्नुपर्ने भए पनि निर्माण कम्पनीले आलटाल गर्दै आएको भन्दै स्थानीयले कालोसूचीमा राख्न माग गरेका हुन् ।
सत्ती कर्णाली सामुदायीक वनमा पर्ने कर्णाली नदीमा १ हजार ७ सय मिटर लामो तटबन्ध गर्ने गरी कम्पनीसँग सम्झौता भएको थियो ।

स्थानीयले दबाब दिएपछि गत वर्ष निर्माण कम्पनीले झन्डै ४ सय मिटर तटबन्ध गरेको थियो । बाँकी १ हजार ३ सय मिटर तटबन्ध गर्न निर्माण कम्पनीले आलटाल गर्दै आएको स्थानीयले आरोप लगाएका छन् । बिहीबारको अन्नपुर्ण पोस्ट दैनिकमा परमानन्द पाण्डेले लेखेका छन् ।

वि.सं.२०७५ चैत २१ बिहीवार ०७:४८ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...