२१ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही महिनायता दैनिकजसो कर्मचारीहरुलाई घुससहित रंगेहात पक्राउ गरिरहेको छ । तैपनि कर्मचारीतन्त्रमा घुसखोरी रोकिएको छैन । घुस प्रकरणमा अघिल्लो मंगलबारयता १४ कर्मचारी पक्राउ परेका छन् ।
मंगलरबार एक प्रहरी पनि घुससहित पक्राउ परेका छन् । बैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचलबाट प्रहरी जवान गणेश लोहार १७ हजार रुपैयाँ घुस सहित पक्राउ परेका हुन् । सहज रुपमा श्रम स्वीकृत मिलाइदिने भन्दै उनले घुस लिएका थिए ।
यस्तै सोमबार आन्तरिक राजस्व कार्यालय जगाती, भक्तपुरका नायब सुब्बा सबिन सुवेदी घुस सहित पक्राउ परेका थिए ।
स्थ्य चौकी भवन निर्माण सम्पन्नपछि नियमअनुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रायोजनका लागि उनले घुस लिएका थिए ।
विहिबारको नयाँपत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।
वि.सं.२०७५ चैत २१ बिहीवार ०७:३७ मा प्रकाशित