back
CTIZAN AD

बेल्जियममा आदिबासी जनजाति आन्दोलन विषयक अन्तरक्रिया सम्पन्न

वि.सं.२०७५ चैत २१ बिहीवार

528 

shares

४ अप्रिल, बेल्जियम । आदिबासी जनजाति महासंघ तथा तमु समाज बेल्जियमले सयुक्त रूपमा बर्तमानमा आदिबासी जनजाति आन्दोलन विषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

तमु ह्युला छोज धि गुरुङ्ग राष्ट्रिय परिषद नेपालका केन्द्रीय अध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यतामा ब्रसेल्सस्त्रात स्थित टेस्ट अफ एशियामा अप्रिल ३, २०१९ मा सम्पन्न सो अन्तरकृया कार्यक्रममा अध्यक्ष गुरुङले पहिचान र अस्तित्वको आवाजलाई साम्प्रदायिक भन्न नहुने जिकिर गरे ।

मुलुकमा स्थापित बिद्यमान जातिय समाजहरूले आफ्नो भाषा–सस्कृतिको संरक्षणको काम गरेको र विलुप्त हुने यस्ता यावत पहिचानका सवालहरूलाई आवाज बुलन्द गर्दै गर्दा जातीयताको नारा लगाएकोको आरोप झुट रहेको बताए ।

मुख्य अतिथिको रूपमा आफ्ना भनाई राख्दै अध्यक्ष गुरुंङले सबै आदिबासीहरुको अस्तित्वलाई स्वीकार गरेर अपनत्व महशुस गराउन सके मुलुक स्वतस्फुर्त बिकासको गतिमा जाने र नवयुगको प्रारम्भ हुने बताए ।

महासंघ बेल्जियमका अध्यक्ष बाबुराजा लामाको सभापतित्वमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गुरुङलाई साँमुहिक रूपमा सम्मान समेत गरिएको थियो ।

सम्मान कार्यक्रममा तमु समाज बेल्जियमका नवनिर्बाचित अध्यक्ष दुर्गा गुरुङले तमु समाज बेल्जियमको दशौ अधिबेशनमा भाग लिन आउनु भएका केन्द्रीय अध्यक्ष गुरुङले समस्त तमु समुदायको हितमा काम गरिरहेको बताईन् ।

कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद सचिब जानकी गुरुङ, एनआरएन केन्द्रका निबर्तमान सल्लाहकार तथा बेल्जियमका पूर्व अध्यक्ष पिजी शेर्पा, आईसीसी सदस्य पदम गुरुङ, नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई, विश्व मगर संघ अध्यक्ष लोक राना मगर, शेर्पा किदुकका अध्यक्ष आंग दोर्जी सोनाम शेर्पा, किरात समाजका सल्लाहकार कर्ण सुब्बा, तामांग समाज अध्यक्ष राम लामा, संघीय समाज बेल्जियमका अध्यक्ष नेत्र मगर, पाशापुच उपाध्यक्ष सागर श्रेष्ठ, सिक्लेस पार्चे कल्याणकोष अध्यक्ष चोक राज गुरुङ् लगायत ५ दर्जन बढी नेपालीहरूले अध्यक्ष गुरुंङको सम्मान गर्दै सहभागिता जनाएका थिए ।

अन्तरक्रिया कार्यक्रमको संचालन महासंघ बेल्जियमका महासचिब नन्दराज घलेले गरेका थिए भने स्वागत मन्तब्य तमु समाजका महासचिब अनिता घले र धन्यबाद ज्ञापन तमु समाज कै अध्यक्ष दुर्गा गुरुङले गरेका थिए ।

वि.सं.२०७५ चैत २१ बिहीवार ०८:०३ मा प्रकाशित