back
CTIZAN AD

ब्रेक्जिट सङ्कटको विषयमा ब्रिटेन सरकार र विपक्षीबीच वार्ता

वि.सं.२०७५ चैत २१ बिहीवार

633 

shares

२१ चैत, लण्डन ।  युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन ब्रेक्जिट सङ्कटका विषयमा सरकार र विपक्षीबीच बिहीबार पुनः वार्ता हुने भएको छ । युरोपेली यूनियन इयू बाट बेलायत बाहिरिने विषयमा थप समय माग्ने प्रस्ताव संसदको तल्लो सदनमा भएको मतदानमा पारित भएपछि सो वार्ता हुन लागेको हो ।

आगामी अप्रिल १२ बाट सम्झौताबिना नै ब्रिटेनको बहिर्गमन रोक्नका लागि सांसदहरूले यस्तो मत दिएका हुन् ।

ब्रेक्जिटको सङ्कट अन्त्यको लागि भन्दै बेलायती प्रधानमन्त्री थेरेसा मेले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनसँग गर्नु भएको भेटवार्तापछि उक्त मतदान भएको थियो । ब्रेक्जिटको विषयमा थाकेका जनतालाई निर्णय चाहिएको मेले बताए ।

विपक्षी र सरकारबीच बिहीबार दिनभरी आकस्मिक छलफलको लागि सबैलाई बोलाइएको छ । ब्रेक्जिटको वैकल्पिक प्रस्तावमा सहमति जुटाउन ब्रिटिस संसद् असफल भएको र ब्रिटिस प्रधानमन्त्रीको प्रस्ताव संसद्द्वारा तेस्रो पल्ट अस्वीकृत भएको थियो ।

ब्रेक्जिटको समयसीमा लम्ब्याउने विषयमा भएको मतदानमा पक्षमा ३१३ र विपक्षमा ३१२ मत परेको थियो । एक मतको अन्तरमा मात्र सो प्रस्ताव तल्लो सदनबाट पारित भएको थियो । अब यो विधेयक माथिल्लो सदनबाट बिहीबार पारित भएपछि अन्तिम अनुमोदन हुनेछ । इयूले यसका लागि स्वीकृति दिन्छ वा दिँदैन भन्ने चासो समेत उत्तिकै रहेको छ ।

मतदानअघि कोर्बिनसँग भएको मेको वार्तालाई प्रधानमन्त्री कार्यालयले रचनात्मक भन्दै त्यसमा दुवै पक्षले प्रतिबद्धता र लचकता देखाएको बताएका थिए ।

वि.सं.२०७५ चैत २१ बिहीवार १४:३६ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...