back
CTIZAN AD

पर्यटकीयस्थल घोडेपानी जान अब नयाँ बाटो

वि.सं.२०७५ चैत २३ शनिवार

726 

shares

२३ चैत, पर्वत । प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्न पर्वतको आम्बोटबाट नयाँ नयाँ पदमार्ग निर्माण शुरु गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटदेखि दुर्लुङ, महभीर हुँदै घोडेपानी जाने नयाँ पदमार्ग निर्माण शुरु गरिएको हो ।

हाल वीरेठाटी र म्याग्दीबाट घोडेपानी जाने गरिए पनि यो पदमार्ग निर्माणपछि घोडेपानी हुँदै अन्नपूर्ण ‘राउण्ड’ लगाउन सकिने भएको छ । नयाँ पदमार्गको सांसद पदम गिरीले शिलान्यास गरे । कुश्मा–३ भारतीगाउँमा आयोजित कार्यक्रममा गिरीले पदमार्गको शिलान्यास गरे । नयाँ पदमार्ग आम्बोटबाट शुरु हुन्छ । पोखराबाट साढे एक घण्टामा आम्बोट पुगिन्छ । आम्बोटबाट एक घण्टा ३० मिनेट पैदल हिँडेपछि क्यानोनिङस्थल पुग्न सकिन्छ । क्यानोनिङबाट ३० मिनेटको दूरीमा आकर्षक घरवास पनि सञ्चालनमा ल्याइएको छ । क्यानोनिङसम्म सवारी साधनमा जान पनि सकिन्छ तर पैदल जान चाहने पर्यटकका लागि नयाँ पदमार्ग निर्माण शुरु गरिएको हो ।

दुर्लुङमा गत वर्षदेखि महभीर छहरामा क्यानोनिङ शुरु गरिएको छ । क्यानोनिङमा आन्तरिक तथा बाह्य पर्यटक बढाउन नयाँ पदमार्ग निर्माण गरिएको हो । यो मार्गबाट अन्नपूर्ण फेरोमा पर्यटकलाई आकर्षित गर्न सकेमा साहसिक खेल क्यानोनिङको प्रचार हुने र वर्षेनी हजारौँले क्यानोनिङको मज्जा लिने क्यानोनिङ तथा पदमार्गका मुख्य अभियन्ता गोलमान गुरुङले बताए ।

“आम्बोट–दुर्लुङ हुँदै घोडेपानी जान छोटो पर्छ, आकर्षक ठाउँ पनि छ, त्यसैले पर्यटक आकर्षित गर्न सहज हुनेछ”, उनले भने । यो पदमार्गमा केन्द्र सरकारको पर्यटन मन्त्रालयबाट चालू आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको छ । चालू आर्थिक वर्षमा यो रकमले तीन हजार ५०० मिटर पदमार्ग निर्माण गर्ने तयारी भएको गुरुङले जानकारी दिए । “ आवश्यकताअनुसार संरचना निर्माण गर्दै जान्छाँै”, उनले भने ।

लामो समय बेलायतमा बस्दै आउनुभएका उनी दुर्लुङमा क्यानोनिङको विकास र पदमार्गसहितको पर्यटकीय गाउँ बनाउन जन्मगाउँ फर्किएका छन् । “म पर्यटकीय गाउँको भौतिक संरचना निर्माण नगर्दासम्म गाउँमै रहनेछु”, उनले भने । क्यानोनिङ र पदमार्गमा आउने पर्यटकलाई बास बस्नको सहज बनाउन लागि गाउँका परम्परागत घरलाई सजाएर घरवास पनि सञ्चालनमा आएको छ । अहिले घरवासका थप संरचना पनि बनाउने काम जारी छ ।

सांसद गिरीले देशभरका १०० पर्यटकीय गन्तव्यमध्ये दुर्लुङको क्यानोनिङ परेको र यसलाई नियमित चलाउन सकेमा दुर्लुङ पर्यटकीय क्षेत्र बन्ने बताए । नयाँ पदमार्ग निर्माण भएपछि दुर्लुङमा पर्यटनको सङ्ख्यामा वृद्धि हुने र गाउँको आर्थिक समृद्धिका साथै रोजगारीमा समेत सघाउ पुग्ने धारणा उनले राखे ।

सफा सडक बनाउन ‘स्टिकर अभियान’

पर्वत जिल्लाभित्र पर्ने राजमार्ग क्षेत्रलाई सफा सडक बनाउने अभियान चलिरहेको छ । सडकमा फोहर नफाल्न आग्रह गर्दै पछिल्लो समयमा जनचेतना जगाउने अभियान तीव्र बनेको छ ।

सडकलाई स्वच्छ र हराभरा बनाउने अभियानअन्तर्गत पर्वत जिल्ला भएर चल्ने सवारी साधनमा जनचेतनामूलक सामग्री टाँस्ने ‘स्टिकर अभियान’ शुरु गरिएको छ । यात्रुले जथाभावी रुपमा फोहर फाल्न थालेपछि सरसफाइसम्बन्धी जनचेतना जगाउने र सचेतसमेत बनाउने उद्देश्यले ‘स्टिकर अभियान’ चलाइएको हो ।

यात्रुले फालेका खानेकुरा र फोहरले सडकमा दुर्गन्ध बढेपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी पर्वतले सवारी साधनमा सबै यात्रीले देख्ने गरी ‘पर्वतको सडक फोहोर फाल्न निषेध’ भन्ने नारासहितको स्टिकर राखेका छन् । पर्वतमा हालसम्म ५०० भन्दा बढी सवारी साधनमा स्टिकर टाँस्ने काम भएको छ । पर्वतको सडक फोहर फाल्न निषेध भन्ने नारासहितको सन्देश पर्वतबाट देशका विभिन्न ठाउँमा छुट्ने सवारी साधनमा टाँस्ने अभियान शनिबारदेखि शुरु गरिएको जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए । “धेरै यात्रुले बसमा आवतजावत गर्दा खाने र जथाभावी फोहर प्याक्दा दुर्गन्ध फैलिँदै आएको छ”, प्रमुख तिवारीले भने ।

स्टिकर टाँस्ने अभियानपछि यात्रुले जथाभावी फोहर फालेमा कारवाही गर्ने तयारी पर्वत प्रहरीको छ । अभियानले पर्वतलाई स्वच्छ हराभरा बनाउनेमा आफू विश्वस्त रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामकृष्ण गौलीले बताए ।

वि.सं.२०७५ चैत २३ शनिवार १२:५१ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...