back
CTIZAN AD

‘आन्तरिक पर्यटन वर्ष २०१९’ सफल पार्न चैतेदशैँ मेला

वि.सं.२०७५ चैत २३ शनिवार

699 

shares

 

२३ चैत, गलकोट । गण्डकी प्रदेश सरकारले घोषणा गरेकोे ‘आन्तरिक पर्यटन वर्ष २०१९’ सफल पार्न बागलुङको कालिका भगवती गुठी व्यवस्थापन समितिले सक्रियता देखाएको छ ।

पर्यटन मन्त्रालयको १०० पर्यटकीय गन्तव्यमध्यको स्थापित गन्तव्यमा पर्ने बागलुङ कालिकाले परम्पराकालदेखि मनाउँदै आएको ऐतिहासिक चैतेदशैँ मेलालाई यस वर्ष प्रदेश सरकारसँग समन्वय गरेर मनाउन थालिएको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

परम्पराकालदेखि जिल्लाकै पहिचानका रुपमा रहेको यो मेलामा यो वर्ष फरकशैली अपनाइएका मेला मूल व्यवस्थापन समितिका संयोजक राजु खड्काले बताए । आगामी २०७६ वैशाख २ गतेसम्म आयोजना गरिने मेलाको थप प्रवद्र्धन गर्न प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरेको खड्काले बताए । मेलामा पहिलोपटक मगर समुदायमा प्रचलित तारोखेल, भजन, नौमती बाजा प्रतियोगिता तथा बागलुङका दश स्थानीय तहमा पहिचानका रुपमा रहेको सांस्कृतिक झाँकी प्रदर्शन गरिने मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।

‘गन्तव्य बागलुङ कालिका–कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारासाथ यस वर्षको मेला आयोजना गरिएको हो । चैतेदशैँको अवसरमा बागलुङ कालिका मन्दिरमा नेपाल तथा भारतबाट आउने धार्मिक पर्यटकले प्रदेश आन्तरिक पर्यटन वर्षलाई सफल पार्न ठूलो टेवा पु¥याउनेछ । मेलाले गण्डकी प्रदेश सरकारले घोषण गरेको आन्तरिक पर्यटन वर्ष २०१९ लाई ठूलो सघाउ पु¥याउने अपेक्षा गरिएको बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले बताए ।

 

वि.सं.२०७५ चैत २३ शनिवार १२:४३ मा प्रकाशित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...