back

‘आन्तरिक पर्यटन वर्ष २०१९’ सफल पार्न चैतेदशैँ मेला

वि.सं.२०७५ चैत २३ शनिवार

57 

shares

 

२३ चैत, गलकोट । गण्डकी प्रदेश सरकारले घोषणा गरेकोे ‘आन्तरिक पर्यटन वर्ष २०१९’ सफल पार्न बागलुङको कालिका भगवती गुठी व्यवस्थापन समितिले सक्रियता देखाएको छ ।

पर्यटन मन्त्रालयको १०० पर्यटकीय गन्तव्यमध्यको स्थापित गन्तव्यमा पर्ने बागलुङ कालिकाले परम्पराकालदेखि मनाउँदै आएको ऐतिहासिक चैतेदशैँ मेलालाई यस वर्ष प्रदेश सरकारसँग समन्वय गरेर मनाउन थालिएको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

परम्पराकालदेखि जिल्लाकै पहिचानका रुपमा रहेको यो मेलामा यो वर्ष फरकशैली अपनाइएका मेला मूल व्यवस्थापन समितिका संयोजक राजु खड्काले बताए । आगामी २०७६ वैशाख २ गतेसम्म आयोजना गरिने मेलाको थप प्रवद्र्धन गर्न प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरेको खड्काले बताए । मेलामा पहिलोपटक मगर समुदायमा प्रचलित तारोखेल, भजन, नौमती बाजा प्रतियोगिता तथा बागलुङका दश स्थानीय तहमा पहिचानका रुपमा रहेको सांस्कृतिक झाँकी प्रदर्शन गरिने मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।

‘गन्तव्य बागलुङ कालिका–कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारासाथ यस वर्षको मेला आयोजना गरिएको हो । चैतेदशैँको अवसरमा बागलुङ कालिका मन्दिरमा नेपाल तथा भारतबाट आउने धार्मिक पर्यटकले प्रदेश आन्तरिक पर्यटन वर्षलाई सफल पार्न ठूलो टेवा पु¥याउनेछ । मेलाले गण्डकी प्रदेश सरकारले घोषण गरेको आन्तरिक पर्यटन वर्ष २०१९ लाई ठूलो सघाउ पु¥याउने अपेक्षा गरिएको बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले बताए ।

 

वि.सं.२०७५ चैत २३ शनिवार १२:४३ मा प्रकाशित

‘पञ्चकुण्ड’ ताल जमेर बरफ बनेपछि बेसिजनमा पनि पर्यटकको लर्को

‘पञ्चकुण्ड’ ताल जमेर बरफ बनेपछि बेसिजनमा पनि पर्यटकको लर्को

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक, सबैभन्दा बढी फ्रान्सका

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक, सबैभन्दा बढी फ्रान्सका

मनाङ । कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी...

प्राकृतिक सौन्दर्यको खानी पुनहिल घोडेपानी

प्राकृतिक सौन्दर्यको खानी पुनहिल घोडेपानी

म्याग्दी । हिमाल, पहाडी भुगोल, सुर्योदय र गुराँसको जङ्गल अवलोकनका...

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी...

एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक भित्रिए

एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक भित्रिए

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी...

पालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

पालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

नारच्याङ (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी...