back

‘गुटको स्वार्थभन्दा माथि नउठे नेकपाको विघटनलाई कसैले रोक्न सक्तैन’

वि.सं.२०७५ चैत २४ आइतवार

132 

shares
NTC AD
Global IME AD

नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनमा लीलामणि पोखरेल कुनै चिनाइनुपर्ने नाम होइन । कुनै समय जनमोर्चाका मदन भण्डारी समेत भनेर चर्चामा रहने पोखरेल अहिले गुमनाम जस्तै छन । नेकपाको पोलिटव्युरो सदस्य रहेका पोखरेल पार्टी एकता प्रक्रिया र सत्ताको गतिका विषयमा के सोच्दा हुन् ? प्रष्ट वक्ता पोखरेलसँग यीनै वियषमा गरिएको सम्वादको संम्पाादीत अंश

कता हुनुहुन्छ आजकल ?
यतै छु । आफ्ना नियमित काम, पार्टीका काम यीनैमा निरन्तर लागिरहेकै छु ।

लिलामणी पोखरेलको चर्चा त छाउनै छाड्यो त ?
म आफ्नो कर्ममा निरन्तर लागिरहेकै छु । चर्चा भाको छ छैन मैले थाहा पाउने विषय पनि रहेन ।
तपाईको जीवननै वितेको पार्टी यति ठूलो भएको छ, सत्तामा छ तर तपाई मौन हुनुहुन्छ, दृश्यबाट बाहिर हुनुहुन्छ किन यस्तो ?

म हिजो जे थिए, आज पनि उहि छ । विचार निष्ठा र मान्यतामा प्रतिबद्ध छु । हिजो संकटको बेला थियो । म जस्ता कार्यकर्ताको आवस्यकता थियो । अहिले अवस्था सहज छ । सबैलाई मौका चाहिएको छ । हिजो जस्तो प्रतिक्रियावादीहरु सँग ठाडै जुध्नु पर्दैन, त्यसैले मलाई दृश्यमा नपाउनु स्वभाविक हो ।

तपाई निश्क्रिय हुनु आन्दोलनका लागि त्यति सुखद देखिदैन नि ?
पहिलो कुरा म निस्क्रिय छैन । खाली यत्ति हो, अहिले म हुलमुलमा जिउ जोगाउने प्रक्रियामा मात्रै छु । पार्टी ठूलो भएको छ । भीडभाड बढेको छ । यस्तो भीडभाडमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु पर्ने अवस्था आएको छ । यत्ति मात्र हो, म हिजो जुन सिद्धान्त र चेतनाका साथ कम्युनिष्ट पार्टीमा लागेको थिए अहिले पनि त्यसमा प्रतिबद्ध छु ।

यसको मतलव अझै पनि हिजोकै धङधङीमै हुनुहुन्छ ?
त्यसरी पनि नबुझौ । माक्र्सवाद आफैमा परिवर्तनशील सिद्धान्त हो । यसकारण म पनि आवस्यकता अनुरुप परिवर्तनशील छु । कम्युनिष्टहरु कहिल्यै जड बन्न सक्तैनन् । यसकारण ममा पनि जडता छैन ।

अलिकति प्रसंग बदलौ, तपाई कम्युनिष्ट आन्दोलनको पुरानो नेता अनेक टुट र जुट आन्दोलनभित्र देख्नु भयो, पछिल्लो जुट कहाँ अड्कियो यसलाई कसरी हेरिरहनु भएको छ ?
नेपालका दुई ठूला वाम दल एकै भएका छन् । एउटै पार्टी बनाएका छन् । यो त असाध्यै राम्रो कुरा हो । यहि एकताले एब्सोल्युट ‘मेजोरीटी’ को अवस्था आएको छ । देशले स्थिर सरकार मात्रै पाएको छैन, विकास र समृद्धिले समेत गति लिन थालेको छ । यो सुखद पक्ष हो । यस्तै चिन्ताको विषय पनि सँगसँगै रहेको छ । एकता प्रक्रिया अगाडि बढेको छ तर सांगठनिक एकता हुन बाँकी छ । यसले ट्रयाक विराए ठूलै दुर्घटना निम्तिने खतरा पनि सँग सँगै रहेको छ ।

दुर्घटनाको कुरा गर्नु भयो,पार्टी पंक्तिमा पनि यो एकता दुर्घटनामा पर्न थालेकोमा चिन्ता बढेको छ यस्तो किन हुँदैछ ?
चिन्ता नै गर्नुपर्ने गरी एकता दुर्घटना तर्फ गएको छैन । तर, समयमै सचेत नबने दुर्घटनालाई टार्न पनि सकिदैन । अहिले तमाम बैचारिक र सांगठनिक प्रश्नहरु अनुत्तरित छन् । समयमै यस्ता अनुत्तरित प्रश्नको उत्तर नखोजिए परीणाम सुखद अवस्य पनि हुँदैन । पार्टीलाई कतिदिन सम्म ‘संक्रमणकालीन’ अवस्थामा राखिरहने ? यो विषयमा शीर्ष नेतृत्व र तमाम कार्यकर्ता चनाखो हुनै पर्दछ । अहिले छलफल र बहसहरु रोकिएका छन् । कम्युनिष्ट पार्टीभित्र जब छलफल र बहस हुँदैनन् यसले विस्फोटको रुप धारण गर्न सक्छ । त्यसैले नेतृत्व समयमै सचेत हुनुपर्छ ।

एकथरी आलोचकहरुले पनि यहि एकताका कारण बिघटन पनि हुनसक्ने बताइरहेका छन्, पार्टीको गति हेर्दा पनि सत्यजस्तो लाग्छ नि ?
यसलाई असत्य बनाउन हामी सबै लाग्नुपर्छ । पार्टी बिघटन र विभाजन कुनै कोणबाट पनि सह्य हुदैँन । नेतृत्वले समयमै आँखा खोल्नुपर्छ, कार्यकर्ताले दिमागको बिर्को खोलनुपर्छ ।

अलिकति महाधिबेशनको पनि चर्चा चल्न थालेको छ नि ?
हामीले पार्टी एकता गर्दा नै दुई वर्षभित्र महाधिवेशन गर्ने घोषणा नै गरेका हौं । तर, पछिल्लो पटक पार्टीले लिइरहेको गतिका कारण त्यो घोषणालाई कार्यान्वयन गर्छ भन्नेमा चाहि शंका छ । मैले माथि नै भनिसके, हामीले धेरै प्रश्नहरुलाई माझघरमा छोडेका छौ । ति प्रश्नको उत्तरका लागि महाधिबेशन समयमा नै गर्नुपर्छ ।

पार्टी एकता निष्कर्षमा नपुग्नुका कारण के होलान् ?
यसको मुख्य कारण गुटहरुको सन्तुलन मिलाउने नेतृत्वको चाहना हो । यदि पार्टी बनाउने हो भने हामी गुटको स्वार्थभन्दा माथि उठौं । नयाँ पार्टी निर्माणमा लागौं । यदि समयमै यसो गर्न सकिएन भने विघटनलाई कसैले रोक्न सक्तैन् ।

अन्त्यमा सरकारको गतिलाई कसरी हेर्नुभएको छ ?
बाहिर भनिएजस्तो र प्रचार गरेजस्तो सरकारले केही नगरेको भने होइन । धेरै काम भएका छन् । आधारभुत संरचनाहरु तयार पार्ने काम भएको छ । सरकार विरुद्ध संसारभरीका प्रतिक्रियावादीहरु लागेका छन् । यसका बाबजुद पनि सरकार अघि बढिरहेको र आफ्ना कामहरु गरिरहेको छ ।

वि.सं.२०७५ चैत २४ आइतवार ०९:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मुलुक र जनता अप्ठेरोमा परेका बेला राजनीतिक दल एकढिक्का हुन्छन् भन्ने पुष्टि भइसकेको छ– विमला सुवेदी

मुलुक र जनता अप्ठेरोमा परेका बेला राजनीतिक दल एकढिक्का हुन्छन् भन्ने पुष्टि भइसकेको छ– विमला सुवेदी

काठमाडौँ । पछिल्लो समय देशमा राजनीतिक उतारचढावसँगै सरकार परिवर्तन पनि...

नातिपुस्तासँगै रिपोटिङमा दौडिन्छन् असीवर्षे पत्रकार गोविन्दचन्द छेत्री

नातिपुस्तासँगै रिपोटिङमा दौडिन्छन् असीवर्षे पत्रकार गोविन्दचन्द छेत्री

चन्द्रकला भण्डारी, झापा । काम गर्ने जोस र इच्छाशक्ति हुनेलाई...

११ महिना कृषिमन्त्री हुँदा एउटा नियमावली पारित गर्न सकिनँ–सांसद डा. भुसाल

११ महिना कृषिमन्त्री हुँदा एउटा नियमावली पारित गर्न सकिनँ–सांसद डा. भुसाल

काठमाडौँ । मुलुकका लागि अत्यावश्यक पर्ने विधि, ऐन, कानुन निर्माण...