back
CTIZAN AD

काङ्ग्रेस समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्छ :नेता पौडेल

वि.सं.२०७५ चैत २४ आइतवार

786 

shares

२४ चैत, भरतपुर ।  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली काङ्ग्रेस राजनीतिक मुद्दा छाडेर समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्ने धारण राखेका छन् । चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र ५ का वडाध्यक्ष स्व नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको स्मृतिमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा नेता पौडेलले समयअनुसार काङ्ग्रेस परिवर्तन हुनुपर्ने बताएका हुन् ।

निर्वाचनका बेला टिकट दिँदा ध्यान पु¥याउन नसक्दा निर्वाचनको गणितमा काङ्ग्रेस पराजित भएको भए पनि विचारमा भने अगाडि रहेको उनले बताए । काङ्ग्रेसले सरकारमा हुँदा राज्यको ढुकुटी रित्तो पारेको भनी अहिलेको सरकारले प्रचार गरेको उनको आरोप छ । कम्युनिष्ट सरकारले काङ्ग्रेसलाई विभिन्न आरोप लगाएर गलत देखाउन खोजे पनि सफल नहुने उनको जिकिर । उनले सत्तारूढ नेताहरुकै संरक्षणमा देशमा भ्रष्टाचार बढेको बताए ।

नेपाली काङ्ग्रेस खैरहनी नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ ले रक्तदान गरेका छन् । रक्तदानसँगै २०७६ को भित्तेपात्रो लोकार्पणसमेत गरिएको थियो । कार्यक्रममा जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति टेकप्रसाद गुरुङ, खैरहनी नगर समितिका सभापति शशिकुमार खनियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वि.सं.२०७५ चैत २४ आइतवार ०९:४९ मा प्रकाशित

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...