back
CTIZAN AD

अधुरा योजनालाई पूर्णता दिन सुझाव

वि.सं.२०७५ चैत २४ आइतवार

723 

shares

२४ चैत, म्याग्दी । सङ्घीय सरकारलाई आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अधुरा योजनालाई पूर्णता दिन बजेट व्यवस्थापन गर्न म्याग्दीका सरोकारवालाले सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०७६-७७ को बजेट निर्माणका लागि शनिबार बेनीमा राष्ट्रियसभाका सदस्य तथा नेकपा संसदीय दलका नेता दीनानाथ शर्माको उपस्थितिमा सुझाव सङ्कलन गरिएको थियो ।

जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सहभागी म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले विगतमा शुरु भएर बजेट अभावमा अलपत्र परेका सडक, भवन, जलविद्युत्, खानेपानी लगायत पूर्वाधार आयोजनालाई पूर्णता दिन बजेट व्यवस्थापनका लागि सुझाव दिएका हुन् ।

जिल्लाका महत्वपूर्ण र प्राथमिकता प्राप्त आयोजनालाई समयमै पूर्णता दिने गरी बजेट व्यवस्थापन गर्न सरोकारवालाको माग छ । सङ्घीय सरकारका निकायमार्फत सञ्चालित म्याग्दीका बेनी बजार संरक्षण, बेनी-दरवाङ-ताकम-ढोरपाटन, दरवाङ-बुर्तीवाङ, बृहत घोप्टेखोला, चिमखोला भगवती पिप्ले बृहत् खानेपानी आयोजना पर्याप्त बजेट अभावमा सुस्त बनेका छन् ।

रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजना र बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति सुस्त भएकामा सरोकारवालाले ध्यानाकर्षण गराएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । यसैगरी मालिका गाउँपालिकाको बिममा शुरु भएको डाँडाखेत विद्युत सवस्टेशन, डाँडाखेत-राहुघाट प्रसारण लाइन निर्माणलाई गति दिन उनीहरुको सुझाव छ ।

डाँडाखेत सवस्टेशन र डाँडाखेत-राहुघाट सवस्टेशन निर्माणमा भएको ढिलासुस्तीले म्याग्दीको पश्चिमी क्षेत्रमा जलविद्युत आयोजना प्रभावित भएको छ । पूर्वसांसद गोविन्द पौडेलले स्थानीय तह र जिल्लाका सरोकारवालाले प्राथमिकता दिएका आयोजना कार्यान्वयनका लागि प्राथमिकता दिनुपर्ने बताए ।

सांसद शर्माले म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङमा सुझाव सङ्कलन गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र अर्थ मन्त्रालयमा प्रतिवेदन बनाएर बुझाउने बताए ।

वि.सं.२०७५ चैत २४ आइतवार १०:१८ मा प्रकाशित

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...