२४ चैत, काठमाडौ । हालै न्यायपरिषद्ले गरेको न्यायाधीश सिफारीसलाई लिएर बहस भइरहेको बेला नवनिर्वाचित नेपाल बार एसोसीएसनको नेतृत्व भने मौन रहेको छ ।
पछिल्लो नियुक्तीलाई बारका पूर्व अध्यक्ष सम्भु थापाले ‘एैरे, गैरे र नथ्थु खैरे’ भनेर टिप्पणी गरेका छन् । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले यो नियुक्ती सच्याउन माग गरेका छन् । तर नवनिर्वाचीत बारको नेतृत्वले भने भोली सोमबार बैठक बसेपछि मात्रै आफ्नो आधिकारीक धारणा सार्वजनिक गर्ने भएको छ ।
नेपाल बारका पूर्व महासचिव समेत रहेका रमण श्रेष्ठ देखि वरीष्ठ अधिवक्ताहरु सम्मले आलोचना गरेको पछिल्लो नियुक्तीलाई केही अधिवक्ताहरुले भने भाग नपाएको आक्रोस भनेर परीभाषीत गरेका छन् ।
तर नेपाल बारका नवनिर्वाचीत अध्यक्ष वरीष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले भने, न्यायाधीश नियुक्ती विवादलाइृ समयमै सेटल गर्नु पर्ने बताउछन् । उनी भन्छन्, हामी चुनाव लड्दै न्यायाधीश नियुक्ती रोष्टरका आधारमा गर्नुपर्ने भनेका छौ । हामीले चुनाव जितेका छौ । अहिले के भयो मलाई थाहा छैन । आगामी दिनमा विवाद नहुने गरी न्यायाधीश नियुक्ती गर्ने वाताबरण गराउन बारले सहयोग गर्नेछ ।
उनका अनुसार न्यायाधीश खाली हुनु पूर्व नै नियुक्ती पाउने न्यायाधीशहरुको रोष्टर तयार पारीनु पर्छ र सोही आधारमा न्यायाधीश नियुक्त गर्नुपर्छ । यसो गरे विवाद हुदैन ।
अध्यक्ष श्रेष्ठका अनुसार भोली सोमबार बस्ने नेपाल बारको बैठकले न्यायाधीश नियुक्ती देखि सबै विषयमा आधिकारीक धारणा सार्वजनिक गर्ने छ ।
वि.सं.२०७५ चैत २४ आइतवार १२:४७ मा प्रकाशित