back
CTIZAN AD

बहसमा न्यायपरिषद्को सिफारीस, बारको मौनता भोली मात्रै तोडिने

वि.सं.२०७५ चैत २४ आइतवार

687 

shares

२४ चैत, काठमाडौ । हालै न्यायपरिषद्ले गरेको न्यायाधीश सिफारीसलाई लिएर बहस भइरहेको बेला नवनिर्वाचित नेपाल बार एसोसीएसनको नेतृत्व भने मौन रहेको छ ।

पछिल्लो नियुक्तीलाई बारका पूर्व अध्यक्ष सम्भु थापाले ‘एैरे, गैरे र नथ्थु खैरे’ भनेर टिप्पणी गरेका छन् । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले यो नियुक्ती सच्याउन माग गरेका छन् । तर नवनिर्वाचीत बारको नेतृत्वले भने भोली सोमबार बैठक बसेपछि मात्रै आफ्नो आधिकारीक धारणा सार्वजनिक गर्ने भएको छ ।

नेपाल बारका पूर्व महासचिव समेत रहेका रमण श्रेष्ठ देखि वरीष्ठ अधिवक्ताहरु सम्मले आलोचना गरेको पछिल्लो नियुक्तीलाई केही अधिवक्ताहरुले भने भाग नपाएको आक्रोस भनेर परीभाषीत गरेका छन् ।

तर नेपाल बारका नवनिर्वाचीत अध्यक्ष वरीष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले भने, न्यायाधीश नियुक्ती विवादलाइृ समयमै सेटल गर्नु पर्ने बताउछन् । उनी भन्छन्, हामी चुनाव लड्दै न्यायाधीश नियुक्ती रोष्टरका आधारमा गर्नुपर्ने भनेका छौ । हामीले चुनाव जितेका छौ । अहिले के भयो मलाई थाहा छैन । आगामी दिनमा विवाद नहुने गरी न्यायाधीश नियुक्ती गर्ने वाताबरण गराउन बारले सहयोग गर्नेछ ।

उनका अनुसार न्यायाधीश खाली हुनु पूर्व नै नियुक्ती पाउने न्यायाधीशहरुको रोष्टर तयार पारीनु पर्छ र सोही आधारमा न्यायाधीश नियुक्त गर्नुपर्छ । यसो गरे विवाद हुदैन ।

अध्यक्ष श्रेष्ठका अनुसार भोली सोमबार बस्ने नेपाल बारको बैठकले न्यायाधीश नियुक्ती देखि सबै विषयमा आधिकारीक धारणा सार्वजनिक गर्ने छ ।

वि.सं.२०७५ चैत २४ आइतवार १२:४७ मा प्रकाशित

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...

राष्ट्रिय सुरक्षा तालिम सुरु

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट (उदयपुर) । बेलका नगरपालिका–२ स्थित बानडाँडामा खेत जोत्न जाँदै...