back
CTIZAN AD

जापानसँग अनलाइनबाटै छलफल गरिने

वि.सं.२०७५ चैत २५ सोमवार

564 

shares

२५ चैत, काठमाडौ । नेपाली कामदार जापान पठाउने सम्बन्धमा अन्तिम निर्णयका लागि नेपालले जापानका ४ मन्त्रालयसँग अनलाइन छलफल भिडियो कन्फरेन्स गर्ने तयारी गरेको छ । नेपाली श्रमिक जापान पठाउने सम्बन्धमा दुई देशबीच सहयोग समझदारी एमओसी लाई कार्यान्वयनको चरणमा लैजान छलफल हुन लागेको हो । छलफलको मिति तय भए नभए पनि नेपाल र जापानका प्राविधिक टोलीबीच यो हप्ताभित्रै छलफल गर्ने गरी यसका विषयवस्तु तयार गरिएका छन् ।

नेपाली श्रमिक लिने सम्बन्धमा कामदारसँग सरोकार राख्ने जापानका श्रम रोजगार मामला तथा परराष्ट्रलगायत मन्त्रालयसँग छलफल गर्नेगरी प्रश्नसिहितको मस्यौदा तयार गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सो छलफलमा जापान जाने नेपाली कामदारको सेवा सुविधा, लागत, पाठ्यक्रम, काम गर्ने क्षेत्रके प्राथमिकता र कानुनी हैसियतका बारेमा प्रश्नोत्तरसहित छलफल हुने मन्त्रालयले जनाएको छ । सोमबारको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

वि.सं.२०७५ चैत २५ सोमवार ०८:०४ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...