back
CTIZAN AD

राप्रपा अध्यक्ष कमल थापालाई प्रहरीबाट खोसे प्रदर्शनकारीले

वि.सं.२०७५ चैत २५ सोमवार

564 

shares

२५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरे लगत्तै प्रदर्शनकारीले खोसेर ल्याएका छन् ।

हिन्दु राष्ट्रको माग गर्दै आज आयोजना गरिएको देशव्यापी कार्यक्रममा राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

भृकुटी मण्डपको प्रदर्शनी मार्गमा भएको प्रहरी र प्रदर्शनकारीबीचको मुठभेडमा थुप्रै प्रदर्शनकारी घाइते भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले संसारन्युजलाई जानकारी दिएको छन् ।

उनले भने, ‘प्रहरी सँग व्यापक मुठभेड भएको थियो । अध्यक्षज्यूलाई प्रहरीले पक्रिएको थियो, प्रदर्शनकारीले तत्कालै खोसेर ल्याए ।’

मुठभेडका क्रममा घाईते भएका प्रदर्शनकारीको मोडल अस्पतालमा उपचार भइरहेको पनि उनले जानकारी दिएका छन् । उनका अनुसार घाइतेको उपचार भइरहेको हुनाले यतिको संख्यामा घाईते भएर भन्न सकिएको छैन ।

वि.सं.२०७५ चैत २५ सोमवार १५:२१ मा प्रकाशित

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...