back
CTIZAN AD

गर्मीका कारण खेलाडीलाई चुनौती, सहभागी होलान त आठौं राष्ट्रिय खेलकूदमा ?

वि.सं.२०७५ चैत २६ मंगलवार

651 

shares

 

नेपालगञ्जको रावडी, लस्सी, मुवारकको वीरयानी, घरबारी टोलको समोसा, चौलिकाको हलुवा परोठा, पान, पानीपुरी, मट्का दहीका साथै नेपालगञ्जको अर्को परिचित परिकार हो ‘सेकुवा’ । त्यसैले त नेपालगञ्ज आउनेहरु सेकुवाको स्वाद नलिने विरलै हुन्छन् । यसले नेपालगञ्जको पहिचान झल्काउँछ ।

सेकुवा व्यवसायी डिलाराम पौडेल आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आउने पाहुनालाई नेपालगञ्जीया सेकुवाको स्वाद चखाउन आतुर भएको बताउँछन् । नेपालगञ्जमा प्रतिसिल रु १५० मा खसीको सेकुवा पाइन्छ ।

२६ चैत, बाँके । पश्चिम तराईमा गर्मी शुरु भइसकेको छ । यहीबेला राष्ट्रिय खेलकूद परिषद्ले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता नजिकिँदै गर्दा यहाँको गर्मीले पनि आफ्नो ताप क्रमशः बढाइरहेको छ ।

प्रतियोगिता शुरु हुन एकसाता बाँकी छ । गर्मी शुरु भइसकेपछि प्रतियोगिता आयोजना गरिएको छ । तराईमा दिनप्रतिदिन गर्मी बढिरहेको छ । राखेपले त्यही गर्मीमा प्रतियोगिता किन आयोजना गर्दैछ भन्ने चर्चा शुरु भएको छ । विशेषगरी बाँके, बर्दिया र दाङमा गर्मी अलि ज्यादा नै हुन्छ । “गर्मीले गर्दा खेलाडी प्रतियोगितामा सहभागी हुन चासो देखाउँदैनन् । गर्मीले अभ्यास गर्न कठिनाइ हुने त भइहाल्यो, त्यो भन्दा पनि खेलस्थलमा हुने अत्यधिक गर्मीको बेला राष्ट्रिय प्रतियोगिता गरिएको छ । यसले खेलाडीलाई निकै चुनौती छ”, सातौँमा बाँकेबाट प्रतिष्पर्धा गर्दै एथलेटिक्समा स्वर्ण पदक विजेता विश्वरुपा बुढाले बताईन ।

प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि ठूलो अवसर रहेकाले गर्मीसँग जुधेरै भए पनि खेलमा सफलता हासिल गर्नुपर्ने बुढाको भनाइ छ । उनले भनिन्, “गर्मी नै भए पनि आठौँमा प्रतिभा देखाउन पाइने भयो, साह्रै खुशी लागेको छ ।” वैशाख ५ गते उद्घाटन हुने भए पनि चैत २७ गतेदेखि नै प्रतियोगिताका खेल शुरु हुनेछन् ।

“खेलाडीका लागि प्रतियोगिता हुनु ठूलो कुरा हो, घाम, पानी, चिसो जस्तोसुकै मौसममा पनि खेल्न सक्नुपर्छ”, एथलेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले बताए, “गर्मीमा केही चुनौती आउन सक्छन्, तर गर्मीले असर नै गर्छ भन्ने होइन । आयोजकले पनि त्यसको व्यवस्थापन गरिरहेको हुन्छ ।” प्रतियोगिताले नै खेलाडीको भविष्य निर्धारण गर्ने भएकाले मौसमानुसार खेल प्रभावित नहुने उनले बताए ।

नेपाली खेलकूदको कुम्भमेला मानिने राष्ट्रिय खेलकूदलाई सफल बनाउन आफूहरु केन्द्रित रहेको खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले बताए । “खेलकूदका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ”, प्रदेश नं ५ का अध्यक्ष वलीले बताए, “हामीले यहाँ भएको स्रोतसाधनलाई अत्यधिक परिचालन गरेर आठौँलाई भव्य र सभ्य बनाउने अभियानमा छौँ ।”

प्रतियोगितामा दुई हजार ८२५ पुरुष र दुई हजार ३८६ महिला गरी पाँच हजार २११ खेलाडीबीच रोमाञ्चक प्रतिष्पर्धा हुनेछ । सो खेलकूद भव्य रुपमा सफल बनाउन ६४० प्रशिक्षक र ४६१ टिम व्यवस्थापकलाई भ्याइनभ्याई छ । खेलकूदका लागि ९२२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र ४७१ स्थानीय निर्णायक छनोट भइसकेका छन् । राष्ट्रिय खेलकूद परिषद् राखेपका अनुसार खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्यका लागि प्रतिष्पर्धा गर्नेछन् ।

व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामूहिकतर्फको विजेताले सात हजार पाउनेछन् भने राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउनेछन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्र्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते उद्घाटन र वैशाख ११ गते समापन हुनेछ ।

प्रतियोगिता अन्तर्गत कूल ३५ खेलमध्ये बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइििक्लङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् । त्यस्तै दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् ।

यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्टटेनिस, लङटेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ । प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको हो ।

खेलाडीलाई सेकुवा

नेपालगञ्जको पहिचान र विशेषता आफ्नै खालको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो र २०० वर्ष पुरानो शहर हो नेपालगञ्ज । सामाजिक र धार्मिक सद्भावको सफल उदाहरण पनि हो नेपालगञ्ज । नेपालगञ्ज बागेश्वरी मन्दिर, नेपालकै एक मात्र जुङ्गे महादेवको मूर्ति, गुरुद्वारा, जामा मस्जिद, बौद्ध गुम्बा भएको शहर हो ।

नेपालगञ्ज नेपालमै नहुने मौसम बोकेको शहर पनि हो । गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडोको शहरका रुपमा चिनिन्छ नेपालगञ्ज । यतिले मात्र नेपालगञ्जको पहिचान र विशेषता पूरा हुँदैन । नेपालगञ्जको अर्को विशेषता परिकारको पनि हो । नेपालगञ्जलाई स्मरणीय बनाउने यहाँ आधा दर्जन परिकार छन् ।

नेपालगञ्जको रावडी, लस्सी, मुवारकको वीरयानी, घरबारी टोलको समोसा, चौलिकाको हलुवा परोठा, पान, पानीपुरी, मट्का दहीका साथै नेपालगञ्जको अर्को परिचित परिकार हो ‘सेकुवा’ । त्यसैले त नेपालगञ्ज आउनेहरु सेकुवाको स्वाद नलिने विरलै हुन्छन् । यसले नेपालगञ्जको पहिचान झल्काउँछ ।

नेपालगञ्जको अतिव्यस्त धम्बोझीचोक किनारामा हाम्रो मःम रेष्टुरेन्ट छ । हाम्रो मःम सेकुवा घरमा २६ वर्षदेखिका कर्मचारी अझै सेकुवा पोल्छन् । विपीचोकको गण्डकी रेष्टुरेन्टले करीब २५ वर्षदेखि सेकुवा बिक्री गर्दै आएको छ । नेपालगञ्जका यी सेकुवा घरमा सर्वसाधाण मात्र नभई उच्चतहका व्यक्ति पनि पुग्ने गरेको सञ्चालक सरस्वती मल्ल बताउँछिन्।

भन्छिन्, “देशभरका खेलाडीको जमघट हुँदैछ भनेर सेकुवाका लागि चाहिने आवश्यक सामान पहिले नै जोहो गरेका छौँ । आठौँका पाहुना हाम्रा पनि पाहुना हुन् । हामीले पनि सेकुवासँगै न्यानो स्वागत सत्कार दिने तयारीमा छौँ ।” सेकुवा नेपालगञ्जको खास विशेषता बनिसकेको छ ।

नेपालगञ्जका धम्वोझी र विपीचोक सेकुवाका लागि प्रसिद्ध स्थान हुन् । यहाँ करीब दुई दर्जनको हाराहारीमा सेकुवा घर छन् । सेकुवा व्यवसायी डिलाराम पौडेल आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आउने पाहुनालाई नेपालगञ्जीया सेकुवाको स्वाद चखाउन आतुर भएको बताउँछन् । नेपालगञ्जमा प्रतिसिल रु १५० मा खसीको सेकुवा पाइन्छ ।

सिङ्गारिँदै नेपालगञ्ज

आठौँ राष्ट्रिय खेलकूदलाई लक्षित गरेर नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जलाई सिङ्गारिँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाले आठौँ राष्ट्रिय खेलकूदलाई गौरवको महोत्सवको रुपमा लिएर शहरलाई झकिझकाउ बनाउन शुरु गरेको छ । स्रोत तथा साधन परिचालन व्यवस्थापन उपसमितिले पनि बजारलाई सिङ्गार्न शुरु गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवलशम्शेर राणाले नेपालगञ्जलाई केन्द्र बनाएर हुने आठौँमा बाहिरबाट आउने पाहुनालाई यहाँको पहिचान झल्काउने, स्वागत र सत्कार गरिने बताए । यहाँ क्रियाशील अन्य सङ्घसंस्थाले पनि नगरका विभिन्न भागमा स्वागतद्वार राख्ने तयारी गरिरहेका छन् । विभिन्न सङ्घसंस्थासँग पनि समन्वय भइरहेको प्रदेश खेलकूद विकास समितिका अध्यक्ष वलीले बताए ।

उनले नेपालगञ्जमा २० देखि ३० स्वागतद्वार राख्ने तयारी भएको जानकारी दिए । यसमा नेपालगञ्ज उपमहानरपालिकाले पाँच स्वागतद्वार आफैँ बनाउनेछ । स्थानीय तहले खजुरा र कोहलपुरमा पनि स्वागतद्वार राख्ने तयारी गरिसकेका छन् । आ–आफ्नाागतद्वार आफैँ बनाउनेछ । स्थानीय तहले खजुरा र कोहलपुरमा पनि स्वागतद्वार राख्ने तयारी गरिसकेका छन् ।

वि.सं.२०७५ चैत २६ मंगलवार १३:१३ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...