
२७ चैत, काठमाडौं । आज पनि देशका केही भू–भागमा मेघ गर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान विभागले जनाएको छ ।
विभागका अनुसार देशको पूर्वी भू–भागको मौसममा सामान्य बदलि भई बांकि भू–भागमा आंशिक बदली रहनेछ । पूर्व र मध्य भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ ।
त्यस्तै राति पनि देशको पहाडी भू–भागको मौसम आंशिक बदलि रही बांकी भू–भागको मौसम सामन्यतया सफा रहनेछ । साथै पहाडी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ ।
वि.सं.२०७५ चैत २७ बुधवार ०८:०८ मा प्रकाशित






























