back
CTIZAN AD

संविधान कार्यान्वयन गर्न नदिन षड्यन्त्र भइरहेको छ –मन्त्री केसी

वि.सं.२०७३ कात्तिक २४ बुधवार

975 

shares

२४ कात्तिक, खोटाङ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयन गर्न नसके देश दुर्घटनामा फस्ने बताउनुभएको छ । सबैको सहकार्यमा जारी गरिएको संविधान कार्यान्वयन गर्न नदिन षड्यन्त्र भइरहेको बताउँनुहुँदै उहाँले सबै मिलेर तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

खोटाङबजारमा आयोजना गरिएको कार्यक्रमलाई मङ्गलबार साँझ सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “नेपाली जनताको सम्मान, स्वाभिमान, एकता र अस्मितालाई प्रभावित पार्नेगरी संविधान संशोधनका निम्ति हामी तयार छैनौँ ।”

नेपाली जनताले पहिलोचोटि पाएको संविधानलाई परिवर्तन गरेर भए पनि कार्यान्वयनको पक्षमा जानुपर्ने जटिल आवश्यकता रहेको उहाँको भनाइ थियो । “को सत्ता पक्षमा छ, को प्रतिपक्षमा छ भन्ने भन्दा पनि यो राष्ट्र हामी सबैको साझा हो ।” नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री केसीले भन्नुभयो, “साझारुपमा प्रतिनिधित्व गराउने पक्षमा वर्तमान सरकार लागिपरेको छ ।”

विदेशी नागरिक पनि प्रधानमन्त्री बनाउने बाटो खोल्न काँग्रेस लागेको भनेर अहिले हल्ला फैलाइएको भन्दै उहाँले हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०३:०७ मा प्रकाशित

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...

राष्ट्रिय सुरक्षा तालिम सुरु

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट (उदयपुर) । बेलका नगरपालिका–२ स्थित बानडाँडामा खेत जोत्न जाँदै...