back
CTIZAN AD

नुवाकोटमा १२ वटा स्थानीय निकाय राख्ने सहमति

वि.सं.२०७३ कात्तिक २४ बुधवार

1.2K 

shares

२४ कात्तिक, त्रिशूली (नुवाकोट) । स्थानीय निकायको पुनः संरचनामा नुवाकोटमा १२ वटा मात्र स्थानीय निकाय हुने भएको छ । एक नगरपालिका र ६१ गाविस रहेको नुवाकोटमा पुनः संरचनापछि दुई नगरपालिका र १० गाउँपालिका कायम हुने भएको हो ।

जिल्लास्तरीय प्राविधिक समितिले मंगलबार दुई नगरपालिकासहित १० गाउँपालिकाको प्रस्ताव दलबाट पारित गराई पुनः संरचना केन्द्रीय आयोगमा पठाएको हो । जिल्लाका राजनीतिक दलबीच तीव्र विवादबीच पुनः संरचनामा केही असहमति राख्दै प्रस्तावमा सबै दलले हस्ताक्षर गरेका हुन् ।

विशेषगरी विदुर नगरपालिकासँग सीमा जोडिएका सबै गाविसले विदुरमै गाविसलाई गाभ्न माग गरे पनि तुप्चे, गेर्खु, कल्याणपुर, चारघरे र खड्गभन्ज्याङका केही वडा मात्र थप गरिएको छ । साबिकमा ११ वडा रहेको विदुर नगरपालिकामा अब १३ वटा वडा बन्नेछ ।

यस्तै साबिकको इलाका नंं ४ अन्तर्गतका बेलकोट, जिलिङ, कुमरी, दुईपिपल, रातमाटे र मदानपुरका केही वडालाई थप गरेर बेलकोटगढी नगरपालिका प्रस्ताव गरिएको छ । जिलिङको बाघखोरमा केन्द्र प्रस्ताव गरिएको बेलकोट गढी नगरपालिकामा पनि १३ वटा वडा रहेका छन् । १० वटा गाउँपालिकामा दुप्चेश्वर गाउँपालिकाको केन्द्र समुन्द्रटार कायम गरिएको छ ।

यस्तै पञ्चकन्या गाउँपालिकाको केन्द्र मोठभन्ज्याङ रहेको छ । यस्तै सूर्यगढी गाउँपालिकाको केन्द्र चोकदे कायम गरिएको छ । ककनी गाउँपालिकाको केन्द्र रानीपौवामा कायम गरिएको छ । लिखु गाउँपालिकाको केन्द्र सूर्यमती १ मा, शिवपुरी गाउँपालिकाको केन्द्र सेराबगर, तारकेश्वर गाउँपालिकाको केन्द्र दाङसिं, मेघाङ गाउँपालिकाको केन्द्र दुडीमैदान, किस्पाङ गाउँपालिकाको केन्द्र किस्तापमा प्रस्ताव गरिएको छ ।

स्थानीय निकाय पुनः संरचना जिल्ला प्राविधिक सहयोग समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले प्रस्तावमा सकेसम्म नुवाकोटका सबै राजनीतिक दलको मतलाई र स्थानीयवासीबाट आएको जनमतलाई समेत ध्यान पु¥याएर पुनः संरचनाको प्रस्ताव तयार पारिएको बताउनुभयो ।

प्रस्तावित स्थानीय निकाय तीनवटै निर्वाचन क्षेत्रमा चारवटाका दरले रहेका छन् । प्रस्तावमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा (नेपाल), राप्रपा, नयाँशक्ति नेपाल लगायतका दलले समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०३:०८ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...