Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

जासुसी गरेको आरोपमा पाकिस्तानले फर्कायो तीन भारतीय कुटनीतिज्ञ



२४ कात्तिक, स्लामाबाद (पाकिस्तान) । पाकिस्तानविरुद्ध जासुसी गरेको भनी आरोप लागेका आठ जना कूटनीतिज्ञमध्ये तीन जना मङ्गलबार स्वदेश फिर्ता भएका छन् ।

पाकिस्तानी सुरक्षा तथा सरकारी अधिकारीले जासुसी गरेको आरोप लागेका तीन जना जासुसी सञ्जालका सदस्य रहेको दावी गरेका छन् ।

तीन जना भारतीय कूटनीतिज्ञ स्वदेश फिर्ता भएका छन् भने बाँकी पाँच जना पनि छिट्टै इस्लामाबादबाट बाहिरिने दुई अधिकारीले आफू सूचना सार्वजनिक गर्ने अधिकारी नभएकाले आफ्नो नाम गोप्य राख्ने सर्तमा जानकारी गराएका हुन् ।

केही समय पहिले नयाँ दिल्लीस्थित छ जना पाकिस्तानी अधिकारीका नाम भारतविरुद्ध गतिविधि गरेको भनी भारतीय सञ्चारमाध्यममा आएपछि पाकिस्तानले उनीहरूलाई स्वदेश बोलाएको थियो ।

इस्लामाबादले पनि यस घटनाको लगत्तै आठ भारतीय कूटनीतिक अधिकारीले पाकिस्तानविरुद्ध जासुसी गरेको आरोप लगाएको थियो ।

पछिल्लो घटनासँगै यसपूर्व काश्मिर विवादका कारण चिसिएको दुई छिमेकीबीचको सम्बन्धमा थप समस्या देखिएको छ । एपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा