back
CTIZAN AD

जासुसी गरेको आरोपमा पाकिस्तानले फर्कायो तीन भारतीय कुटनीतिज्ञ

वि.सं.२०७३ कात्तिक २४ बुधवार

906 

shares

२४ कात्तिक, स्लामाबाद (पाकिस्तान) । पाकिस्तानविरुद्ध जासुसी गरेको भनी आरोप लागेका आठ जना कूटनीतिज्ञमध्ये तीन जना मङ्गलबार स्वदेश फिर्ता भएका छन् ।

पाकिस्तानी सुरक्षा तथा सरकारी अधिकारीले जासुसी गरेको आरोप लागेका तीन जना जासुसी सञ्जालका सदस्य रहेको दावी गरेका छन् ।

तीन जना भारतीय कूटनीतिज्ञ स्वदेश फिर्ता भएका छन् भने बाँकी पाँच जना पनि छिट्टै इस्लामाबादबाट बाहिरिने दुई अधिकारीले आफू सूचना सार्वजनिक गर्ने अधिकारी नभएकाले आफ्नो नाम गोप्य राख्ने सर्तमा जानकारी गराएका हुन् ।

केही समय पहिले नयाँ दिल्लीस्थित छ जना पाकिस्तानी अधिकारीका नाम भारतविरुद्ध गतिविधि गरेको भनी भारतीय सञ्चारमाध्यममा आएपछि पाकिस्तानले उनीहरूलाई स्वदेश बोलाएको थियो ।

इस्लामाबादले पनि यस घटनाको लगत्तै आठ भारतीय कूटनीतिक अधिकारीले पाकिस्तानविरुद्ध जासुसी गरेको आरोप लगाएको थियो ।

पछिल्लो घटनासँगै यसपूर्व काश्मिर विवादका कारण चिसिएको दुई छिमेकीबीचको सम्बन्धमा थप समस्या देखिएको छ । एपी

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०३:१० मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...