back

संविधान कार्यान्वयन गर्न नदिन षड्यन्त्र भइरहेको छ –मन्त्री केसी

वि.सं.२०७३ कात्तिक २४ बुधवार

369 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

२४ कात्तिक, खोटाङ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयन गर्न नसके देश दुर्घटनामा फस्ने बताउनुभएको छ । सबैको सहकार्यमा जारी गरिएको संविधान कार्यान्वयन गर्न नदिन षड्यन्त्र भइरहेको बताउँनुहुँदै उहाँले सबै मिलेर तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

खोटाङबजारमा आयोजना गरिएको कार्यक्रमलाई मङ्गलबार साँझ सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “नेपाली जनताको सम्मान, स्वाभिमान, एकता र अस्मितालाई प्रभावित पार्नेगरी संविधान संशोधनका निम्ति हामी तयार छैनौँ ।”

नेपाली जनताले पहिलोचोटि पाएको संविधानलाई परिवर्तन गरेर भए पनि कार्यान्वयनको पक्षमा जानुपर्ने जटिल आवश्यकता रहेको उहाँको भनाइ थियो । “को सत्ता पक्षमा छ, को प्रतिपक्षमा छ भन्ने भन्दा पनि यो राष्ट्र हामी सबैको साझा हो ।” नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री केसीले भन्नुभयो, “साझारुपमा प्रतिनिधित्व गराउने पक्षमा वर्तमान सरकार लागिपरेको छ ।”

विदेशी नागरिक पनि प्रधानमन्त्री बनाउने बाटो खोल्न काँग्रेस लागेको भनेर अहिले हल्ला फैलाइएको भन्दै उहाँले हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०३:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको मृत्यु

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको मृत्यु

चितवन । प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा...

मुख्यमन्त्री जम्कट्टेलद्वारा राजीनामा

मुख्यमन्त्री जम्कट्टेलद्वारा राजीनामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन्...

प्रतिनिधिसभा बैठक : उपसभामुखको पत्रबारे छानबिन गर्न माग

प्रतिनिधिसभा बैठक : उपसभामुखको पत्रबारे छानबिन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्ने सांसदहरुले उपसभामुख...

भ्रष्टाचार नगर्ने र नसहने : प्रधानमन्त्री ओली

भ्रष्टाचार नगर्ने र नसहने : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार...

दोलखा भीमेश्वरलाई पसिना : राष्ट्रपतिलाई बुझाईयो महाप्रसाद

दोलखा भीमेश्वरलाई पसिना : राष्ट्रपतिलाई बुझाईयो महाप्रसाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान...