back
CTIZAN AD

भारतीय राष्ट्रपतिलाई कालो झण्डा देखाउन खोज्ने रिहा

वि.सं.२०७३ कात्तिक २४ बुधवार

1.2K 

shares

२४ कात्तिक, काठमाडौँ । भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट अगाडि कालो झण्डा देखाउने क्रममा पक्राउ परेका पाँच जनालाई मंगलबार रिहा गरिएको छ ।

यही कात्तिक १७ गते राष्ट्रपति मुखर्जीलाई कालो झण्डा देखाउन खोज्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालसहित रामचन्द्र खड्का, तिलक बोहरा, योगेश बराल र शारदा भुसाल झालाई जिल्ला प्रशासन कार्यालयले एक महिने तारिखमा रिहा गरेको हो ।

पाँचै जनालाई केही सार्वजनिक अपराध मुद्दामा मुलुकी ऐन अ. ब. १२१ नं बमोजिम थुनुवा पुर्जी दिई महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । सोमबार दिनभरी काठमाडौँ परिसरमा राखिएकामा आज सरकारी वकिल कार्यालयमा बयान लिएपछि उहाँहरुलाई साधारण तारेखमा छाडिएको हो ।

साधारण तारेखमा छुटेपछि प्रशासन कार्यालय परिसरमा अध्यक्ष नेपालले सरकारले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकारमाथि अंकुश लगाएको आरोप लगाउनुभयो ।

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०३:०५ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...