Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा



२४ कात्तिक, काठमाडौँ । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा मंगलबार बेलुका सम्पन्न समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई ३–० को फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्ती मगरले समान एक–एक गोल गरे । पहिलो हाफमै नेपाललाई अग्रता दिलाउने क्रममा नवयुगले अन्त्यतिर अर्थात् ४६ औँ मिनेटमा गोल गरेका थिए । उनले रिवान्डमा आएको बल सदुपयोग गर्दै पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । यसअघि पनि नेपालले गोलका केही राम्रा अवसर गुमाएको थियो ।

दोस्रो हाफमा पनि आक्रामक खेल जारी राखेको नेपालका लागि भरतले ७२औँ तथा विमलले ८०औँ मिनेटमा गोल थप्दै टोलीको जित प्रभावशाली बनाए । आजको खेलमा नेपालले बराबरी गरे मात्र पनि सेमिफाइनलमा पुग्ने थियो । तर समूह विजेता बन्न स्पष्ट जितको खाँचो थियो, जो नेपाली खेलाडीले दिलाए ।

शनिबार भएको आफ्नो पहिलो खेलमा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको थियो ।

सो समूहमा रहेका पाकिस्तान र बङ्गलादेशले प्रतियोगिताको अन्तिम समयमा नाम फिर्ता लिएपछि तीन टोली मात्र सहभागी थिए ।

सोलिडारिटी कप एएफसीले आफ्ना कमजोर सदस्य राष्ट्रका लागि आयोजना गरेको प्रतियोगिता हो ।


-->

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन,

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण