back
CTIZAN AD

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

वि.सं.२०७३ कात्तिक २४ बुधवार

1K 

shares

२४ कात्तिक, काठमाडौँ । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा मंगलबार बेलुका सम्पन्न समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई ३–० को फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्ती मगरले समान एक–एक गोल गरे । पहिलो हाफमै नेपाललाई अग्रता दिलाउने क्रममा नवयुगले अन्त्यतिर अर्थात् ४६ औँ मिनेटमा गोल गरेका थिए । उनले रिवान्डमा आएको बल सदुपयोग गर्दै पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । यसअघि पनि नेपालले गोलका केही राम्रा अवसर गुमाएको थियो ।

दोस्रो हाफमा पनि आक्रामक खेल जारी राखेको नेपालका लागि भरतले ७२औँ तथा विमलले ८०औँ मिनेटमा गोल थप्दै टोलीको जित प्रभावशाली बनाए । आजको खेलमा नेपालले बराबरी गरे मात्र पनि सेमिफाइनलमा पुग्ने थियो । तर समूह विजेता बन्न स्पष्ट जितको खाँचो थियो, जो नेपाली खेलाडीले दिलाए ।

शनिबार भएको आफ्नो पहिलो खेलमा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको थियो ।

सो समूहमा रहेका पाकिस्तान र बङ्गलादेशले प्रतियोगिताको अन्तिम समयमा नाम फिर्ता लिएपछि तीन टोली मात्र सहभागी थिए ।

सोलिडारिटी कप एएफसीले आफ्ना कमजोर सदस्य राष्ट्रका लागि आयोजना गरेको प्रतियोगिता हो ।

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०३:०३ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...