back
CTIZAN AD

स्वास्थ्य उपचारमा छुट कार्यान्वयन गर्न माग

वि.सं.२०७३ कात्तिक २४ बुधवार

1K 

shares

२४ कात्तिक, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि तथा स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयनमा ढिलाइ भएकामा आपत्ति जनाएको छ ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय समितिका उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकले न्यूनतम पारिश्रमिकलगायत श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन अनुगमन गरी कार्यान्वयन नगर्नेलाई कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेको हो ।

बैठकले सञ्चार प्रतिष्ठानमा अनुगमनको लागि महासङ्घले थप अग्रसरता लिने निर्णय गरेको महासचिव उजिर मगरले जानकारी दिनुभयो । त्यस्तै आमसञ्चार नीतिको कार्यान्वयन, आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको गठन, विज्ञापनको समानुपातिक वितरण, ज्येष्ठ पत्रकार सम्मानलगायत विषयको कार्यान्वयनमा उदासिनता देखाइएकामा असन्तुष्टि जनाएको छ ।

महासङ्घले दुर्घटना बिमाको नवीकरण गर्ने प्रक्रिया प्रारम्भ गरिसकेकाले विगतमा बिमा गरेका तथा नगरेका इच्छुक सबै पत्रकारलाई चाँडो विवरण पठाउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०३:०० मा प्रकाशित

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...