back

उपचारपछि घर फर्किए नेता नेपाल, एकहप्ता सम्म भेटघाट बन्द

वि.सं.२०७५ चैत २७ बुधवार

36 

shares

२७ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट घर फिर्ता भएका छन् । ज्वरो र खोकीले अस्वस्थ्य भएका उनी अवस्था सामान्य भएपछि आज घर फर्किएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

पूर्वप्रधानमन्त्री नेपाल गत आइतवार ज्वरो र खोकी भएपछि अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । दैनिक कार्यक्रममा जाँदा दौडधुप बढी भएकाले उनलाई ज्वरोसंँगै खोकी लागेको थियो । त्रिविका चिकित्सक डा सन्तकुमार दास, डा निरज बम र डा सविन थपलियाको टोलीले उनको स्वास्थ्योपचार गरेको थियो । चिकित्सकले नेता नेपाललाई एक हप्तासम्म आराम गर्न सुझाव दिएका छन् । चिकित्सकको सुझावअनुसार एक हप्तासम्म भेटघाटका कार्यक्रम बन्द गरिएको गौतमले बताए ।

वि.सं.२०७५ चैत २७ बुधवार २०:१९ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...