back
CTIZAN AD

उपचारपछि घर फर्किए नेता नेपाल, एकहप्ता सम्म भेटघाट बन्द

वि.सं.२०७५ चैत २७ बुधवार

654 

shares

२७ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट घर फिर्ता भएका छन् । ज्वरो र खोकीले अस्वस्थ्य भएका उनी अवस्था सामान्य भएपछि आज घर फर्किएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

पूर्वप्रधानमन्त्री नेपाल गत आइतवार ज्वरो र खोकी भएपछि अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । दैनिक कार्यक्रममा जाँदा दौडधुप बढी भएकाले उनलाई ज्वरोसंँगै खोकी लागेको थियो । त्रिविका चिकित्सक डा सन्तकुमार दास, डा निरज बम र डा सविन थपलियाको टोलीले उनको स्वास्थ्योपचार गरेको थियो । चिकित्सकले नेता नेपाललाई एक हप्तासम्म आराम गर्न सुझाव दिएका छन् । चिकित्सकको सुझावअनुसार एक हप्तासम्म भेटघाटका कार्यक्रम बन्द गरिएको गौतमले बताए ।

वि.सं.२०७५ चैत २७ बुधवार २०:१९ मा प्रकाशित

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...