back
CTIZAN AD

हावाहुरीबाट प्रभावितलाई कतारबाट ३ लाख बढी सहयोग

वि.सं.२०७५ चैत २७ बुधवार

564 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको समन्वयमा कतारका नेपालीले बारा र पर्साका हावाहुरी बाट प्रभावितहरुका लागि झण्डै ४० लाख आर्थिक सहयोग गरेका छन् ।

एनआरएनए कतारको समन्वयमा संकलन गरिएको उक्त कतारी रियाल १२ हजार ४९९ (नेपाली ३ लाख ८० हजार ९५ रुपैंया) अप्रिल ९ काम दिन संघको केन्द्रीय कार्यालयमा पठाइएको एनआरएनए कतारका महासचिव बुधवल गुरुङले जानकारी दिएका छन् ।

उक्त रकम संघको काठमाडौंस्थित सानिमा बैकमा रहेको एनआरएनए रिलिफ फन्ड एकाउन्टमा जम्मा गरिसकेको बताइएको छ ।

‘गत चैत्र १७ गते बारा र पर्सामा आएको हावा हुरीको कारणले भएको धन जनको क्षतिले हामी देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरु मर्माहित भएका छौं,’ महासचिव बुधवल गुरुङद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा मृत्यु भएका तथा घाइते भएकाको परिवारजनहरुमा केही राहत प्रदान गर्ने उद्धेश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा गरिएको राहत संकलनमा यहााहरु सम्पूर्णले देखाउनु भएको ऐक्यवद्दता र सहयोग प्रति यो संघ हार्दिक कृतज्ञता ब्यक्त गर्दछ । यसका साथै भविष्यमा पनि यस्तै मानवीय कार्यमा सधैं यस्तै सहयोग र साथको अपेक्षा गर्दछ । यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संस्थालाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौं ।’

रकम सहयोग गर्ने संस्थाहरुको नामावली यसप्रकार छ ।

वि.सं.२०७५ चैत २७ बुधवार २०:०५ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...