back
CTIZAN AD

तलब भत्तामा मात्रै १५ करोड सक्यो ललितपुर महानगरले

वि.सं.२०७५ चैत २९ शुक्रवार

504 

shares

२९ चैत, काठमाडौं । आर्थिक वर्ष ०७४÷७५ मा ललितपुर महानगरपालिकाले सडक निर्माण भन्दा पदाधिकारी र कर्मचारीको सेवा सुविधामा बढी बजेट खर्च गरेको छ ।

महानगरले पदाधिकारी र कर्मचारीको तलब भत्ता मात्रै १५ करोड रुपैयाँ खर्चेको छ । तलब शीर्षकमा ८ करोड ८५ लाख र बैठक भत्ता शीर्षकमा ६ करोड २४ लाख ४७ हजार रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले औल्र्याको छ ।

महालेखाले शुक्रबार राष्ट्रपतिलाई बुझाउने लेखा परीक्षण प्रतिवेदनमा महानगरले पदाधिकारी र कर्मचारीको सेवा सुविधामा अस्वभाविक खर्च गरिरहेको बताएको छ । महानगले शिक्षा विकास शीर्षकमा आठ लाख १८ हजार रुपैयाँ र सहरी स्वास्थ्य शस्र्षकमा ६९ हजार नौ सय रुपैयाँ खर्च गर्दा प्रचार प्रसारमा पौने दुई करोड रुपैयाँ खर्चेको छ ।

महानगरपालिकाले पदाधिकारी तथा कर्मचारीले गरेको आन्तरिक तथा विदेश भ्रमणको अभिलेख नै राखेको छैन । महालेखाले अभिलेख राख्ने चेताएको छ । शुक्रबारको नयाँपत्रिका दैनिकमा पुष्प ढुंगाना र सुवास भट्टले लेखेका छन् ।

वि.सं.२०७५ चैत २९ शुक्रवार ०७:२८ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...