back
CTIZAN AD

यू १९ विश्वकप, नेपाल सिंगापुरसँग प्रतिस्पर्धामा

वि.सं.२०७५ चैत २९ शुक्रवार

606 

shares


२९ चैत्र, काठमाडौँ । यू १९ विश्वकपका लागि एसिया छनोट आजबाट मलेसियामा सुरु हुँदैछ । नेपालले सिंगापुरविरुद्ध मैदान उत्रदै एसिया छनोटको सुरुवात गर्दैछ। सेलेंगोर टर्फ क्लवको मैदानमा हुने खेल नेपाली समय अनुसार अहिले विहान पौने आठ बजेबाट सुरु हुँदैछ ।

एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमनले प्रतिस्पर्धा गर्ने छन् ।

राष्ट्रिय टोलीका नियमित सदस्य रोहित पौडेलको कप्तानीमा रहेको छ भने नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दास रहेका छन् । नेपालले आठौं पटक विश्वकप खेल्ने योजना बनाएको छ ।

नेपाल र सिंगापुर पछिल्लो पटक यी दुई टिम अन्तिम पटक २०१७ को विश्वकप छनोटमा खेलेका थिए । जसमा दुई खेलमा दुबैमा नेपाल विजयी भएको थियो । राम्रो प्रशिक्षण र उत्कृष्ट कप्तानीका कारण यसपटक पनि नेपालले सिंगापुरविरुद्ध सहज जित निकाल्ने अपेक्षा गरिएको छ ।

आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा नेपालको गर्विलो इतिहास रहेको छ । विश्वकप छनोटमा नेपालले उच्च प्रदर्शन गर्दै आईरहेको छ । यू १९ विश्वकपको १२ औं संस्करण पुरा गर्दा नेपालले ७ पटक सहभागिता जनाईसकेको छ । नेपालले सन् २०१८, २०१४ र २०१० मा विश्वकप खेल्ने अवसर गुमाएको थियो ।

यू १९ विश्वकपको १३ औं संस्करण दक्षिण अफ्रीकामा अर्को बर्ष आयोजना हुँदैछ । सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

वि.सं.२०७५ चैत २९ शुक्रवार ०७:२८ मा प्रकाशित