back
CTIZAN AD

सन्दर्भ आठौ राष्ट्रिय खेलकुद : खेलाडीलाई बस्नकै लागि समस्या

वि.सं.२०७५ चैत २९ शुक्रवार

660 

shares

२९ चैत, काठमाण्डौं । राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा टेबलटेनिस र बास्केटबल प्रतियोगिता सञ्चालन भइरहँदा खेलाडी र खेलप्रेमीहरु भने उचित वसोवासको समस्यामा रहेका छन् । खेलकूदको लागि देशभरका सातवटै प्रदेशका खेलाडी, खेलसँग सम्बन्धित व्यक्ति र खेलप्रेमी दाङ आएका छन् ।
बुधबार र बिहीबार उद्घाटन भएका दुई खेल क्रमश टेबलटेनिस र बास्केटबल दुबै घोराहीमा सञ्चालन भइरहेका छन् । दुबै खेलमा देशभरबाट करीब दुई हजारदेखि दुई हजार २०० खेलसँग सम्बन्धित व्यक्ति यहाँ आएका छन् । दाङमा अन्य पाँचवटा खेलको औपचारिक उद्घाटन हुन बाँकी छ ।
जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष कैलाश रोकामगरका अनुसार जिल्लामा आएका सबै प्रदेश र विभागीय समूहका खेलाडीलाई समितिले यहाँका विभिन्न ठूला तथा मध्यमस्तरका होटेलमा खान बस्नको व्यवस्था गरेको छ । सबै खेलाडीलाई सुविधासहितको होटलमा बसाउनका लागि मुस्किल भइरहेको छ ।

‘‘होटल थोरै भए, पाहुना धेरै भए’’ कोषाध्यक्ष रोकाले भने, “पाएक पर्ने ठाउँमा धेरै खेलाडी र खेलसँग सम्बन्धित व्यक्ति अटाउन सक्ने अवस्था छैन ।” लमही र तुलसीपुरमा हुने खेलमा त्यहाँ प्रर्याप्त होटल नहुँदा घोराही ल्याएर बसाउनुपर्ने बाध्यता छ ।

खेल खेल्नका लागि भौतिक पूर्वाधार र खेलमैदान तयार पारे पनि बाहिरबाट आउने पाहुनालाई सजिलै, सस्तो दरमा धेरै व्यक्ति राख्न मिल्ने होटल नहँुदा समस्या भएको उनको भनाइ छ । खेलकूद विकास समितिको जिम्मेवारीमा खेलाडीलाई होटेल व्यवस्थापनको काम गरिरहेका बक्सिङ प्रशिक्षक सुमन घलेका अनुसार अहिले जिल्लामा खेलाडी र खेलसँग सम्बन्धितलाई मात्र पनि जिल्लामा बस्नका लागि होटेल पुगिरहेको छैन ।
भत्ता अपर्याप्त
राष्ट्रिय खेलकूद परिषद्ले प्रतिखेलाडी खान बस्नको लागि रु एक हजार ४०० दैनिक भत्ता उपलब्ध गराएको छ तर यहाँका केही होटलले सरकारले उपलब्ध गराएको भत्ताभन्दा पनि बढी पैसा मागेपछि समस्या भएको हो ।
अहिले प्रत्येक खेलका समूहलाई यातायातको लागि बसको सुविधा दिइएको छ । एउटा खेल सञ्चालन गर्दा कम्तीमा पनि २० वटा होटेलको आवश्यकता देखिएको जिल्ला खेलकूद विकास समितिको भनाइ छ ।

समितिले दिएको तथ्याङ्कअनुसार खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायलगायत सबै प्राविधिकसहित जिल्लामा सञ्चालन हुन लागेको एथ्लेटिक्समा ४०५ जना, कराँतेमा ३६३, टेबल टेनिसमा १८४ जना, ब्याडमिन्टनको लागि २१० जनालाई जिल्लाका होटेलमा राख्नुपर्ने अवस्था छ ।

त्यस्तै बास्केटमा ३०५ जना, क्रिकेटमा ४०१, फुटबलमा २५०जनालाई होटलमा बसाउनुपर्ने छ । त्यसमा पनि खेलाडीका आफन्त, अन्य खेलप्रेमी गरेर तोकिएको भन्दा झण्डै तीन गुणा पाहुना दाङ आएका छन् । अहिले घोराहीमा रहेका करीब दुई दर्जन बढी होटेल, लजमा खेलसँग सम्बन्धित भरिभराउ छ्न् ।

जिल्ला होटेल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी भने आफूहरुसँग समन्वय नभएको कारण यहाँका धेरै होटेल खाली रहेको बताउनुहुन्छ । अन्य मध्यमस्तरका धेरै होटेल पनि खाली रहेको उहाँ बताउनुहुन्छ ।
अहिले घोराहीमा मात्रै खान, बस्नसहितको सुविधा भएको ठूला र मध्यमस्तरका ५१ वटा, तुलसीपुरमा एक दर्जन र लमही, बालुवाङमा आधादर्जन होटेल भएको उहाँले जानकारी दिनुभयो ।

छट्टाछुट्टै स्थानमा सात खेल हँुदै

जिल्ला खेलकूद विकास समितिले दिएको जानकारीअनुसार गत चैत २७ गतेदेखि शुरु भएको टेबलटेनिस चैत ३० गतेसम्म सञ्चालन हुँदैछ । यस्तै बुधबारदेखि शुरु भएको बास्केटबल प्रयोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । वैशाख १ गतेदेखि ७ गतेसम्म घोराहीमा ब्याडमिन्टन खेल सञ्चालन हुनेछ भने वैशाख ५ गतेदेखि ९ गतेसम्म तुलसीपुरमा एथ्लेटिक्स् खेल सञ्चालन हुनेछ ।

तुलसीपुरमा नै वैशाख ६ गतेदेखि १० सम्म कराँते सञ्चालन हुनेछ भने घोराहीमा वैशाख ४ गतेदेखि महिला फुटबलको आयोजना हुँदैछ । यस्तै आउँदो वैशाख ४ गतेदेखि लमहीमा महिला क्रिकेट सञ्चालन हुनेछ । पहिलोपटक यसरी दाङमा राष्ट्रिय खेलकूद प्रतियोगिताका केही खेलहरुको आयोजना हुँदा यसबाट खेल पर्यटनको प्रवद्र्धनसमेत भएकामा जिल्लावासी खुशी देखिन्छन् ।

वि.सं.२०७५ चैत २९ शुक्रवार १७:४९ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...