back

फ्रिक्वेन्सी सम्बन्धमा आइस्पानका धर्ना सहितको ध्यानाकर्षण

वि.सं.२०७५ चैत २९ शुक्रवार

36 

shares

२९ चैत, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले टेलिभिजन प्रयोजनका लागि प्रयोग गर्दै आएको फ्रिक्वेन्सीमार्फत इन्टरनेट सेवासमेत सञ्चालन गर्न अनुमति दिने तयारी भइरहेको भन्दै त्यसबारेमा ध्यानाकर्षण भएको जनाएको छ ।

आइस्पानले आज नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयअघि धर्ना दिनाका साथै आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएको छ । प्राधिकरणका कावा अध्यक्ष पुरुषोत्तम खनाललाई ज्ञापनपत्र बुझाउँदै आइस्पानका अध्यक्ष भोजराज भट्टले आफ्ना मागका बारेमा जानकारी गराएका थिए ।

प्राधिकरणका कावा अध्यक्ष खनालले सो बारेमा आधिकारिकता बुझेर छलफल गरिने बताऐ । आइस्पानका अध्यक्ष भट्टले टेलिभिजन प्रयोजनका लागि प्रयोग गर्दै आएको फ्रिक्वेन्सीमार्फत इन्टरनेट सेवासमेत सञ्चालन गर्न दिनु दूरसञ्चार सेवाको अनुमतिपत्र तथा फ्रिक्वेन्सी वितरणको मान्यता र अभ्यास विपरीत रहेको बताउँदै उक्त कार्य भइरहेको भए अविलम्ब रोक्न माग गरे ।

यसअघि टेलिभिजन सञ्चालनका लागि छुट्याइएको फ्रिक्वेन्सी टेलिभिजन प्रसारण सेवा एनालगबाट डिजिटल प्रविधिमा गइसकेपछि रिजर्व रहेको फ्रिक्वेन्सी दूरसञ्चार कानूनअनुसार प्राधिकरणमार्फत ल्याई हाल अपनाइआएको विधिबमोजिम नै फ्रिक्वेन्सी वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

वि.सं.२०७५ चैत २९ शुक्रवार १७:५५ मा प्रकाशित

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन–माओवादी प्रवक्ता सापकोटा

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन–माओवादी प्रवक्ता सापकोटा

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले...

नेप्से परिसूचक सामान्य अङ्कको सुधार, आज कुन–कुन कम्पनीले गुमाए ?

नेप्से परिसूचक सामान्य अङ्कको सुधार, आज कुन–कुन कम्पनीले गुमाए ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...