back
CTIZAN AD

फ्रिक्वेन्सी सम्बन्धमा आइस्पानका धर्ना सहितको ध्यानाकर्षण

वि.सं.२०७५ चैत २९ शुक्रवार

651 

shares

२९ चैत, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले टेलिभिजन प्रयोजनका लागि प्रयोग गर्दै आएको फ्रिक्वेन्सीमार्फत इन्टरनेट सेवासमेत सञ्चालन गर्न अनुमति दिने तयारी भइरहेको भन्दै त्यसबारेमा ध्यानाकर्षण भएको जनाएको छ ।

आइस्पानले आज नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयअघि धर्ना दिनाका साथै आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएको छ । प्राधिकरणका कावा अध्यक्ष पुरुषोत्तम खनाललाई ज्ञापनपत्र बुझाउँदै आइस्पानका अध्यक्ष भोजराज भट्टले आफ्ना मागका बारेमा जानकारी गराएका थिए ।

प्राधिकरणका कावा अध्यक्ष खनालले सो बारेमा आधिकारिकता बुझेर छलफल गरिने बताऐ । आइस्पानका अध्यक्ष भट्टले टेलिभिजन प्रयोजनका लागि प्रयोग गर्दै आएको फ्रिक्वेन्सीमार्फत इन्टरनेट सेवासमेत सञ्चालन गर्न दिनु दूरसञ्चार सेवाको अनुमतिपत्र तथा फ्रिक्वेन्सी वितरणको मान्यता र अभ्यास विपरीत रहेको बताउँदै उक्त कार्य भइरहेको भए अविलम्ब रोक्न माग गरे ।

यसअघि टेलिभिजन सञ्चालनका लागि छुट्याइएको फ्रिक्वेन्सी टेलिभिजन प्रसारण सेवा एनालगबाट डिजिटल प्रविधिमा गइसकेपछि रिजर्व रहेको फ्रिक्वेन्सी दूरसञ्चार कानूनअनुसार प्राधिकरणमार्फत ल्याई हाल अपनाइआएको विधिबमोजिम नै फ्रिक्वेन्सी वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

वि.सं.२०७५ चैत २९ शुक्रवार १७:५५ मा प्रकाशित

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका...

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध...

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान सडकमार्ग हुँदै बाढी...

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...